स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिवि विद्यार्थी कल्याण परिषद्को निर्णय

विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउने निर्णय गरेको छ ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपालप्रेसलाई बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।

निर्वाचन सम्बन्धी कार्यक्रम एकसाताभित्रमा सार्वजनिक गर्न लागेको उनले बताए । उनले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ । २०६५ देखि नियमित हुन सकेको थिएन । १४ वर्षपछि हुन लागेको चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै