लघुवित्तिय संस्था विरुद्ध रुपन्देहिमा विरोध प्रर्दशन,

पुस २१  विहिबार,
आज लघुवित्तिय संस्था विरुद्ध रुपन्देहि जिल्लाको बुटवल ट्राफिक चोकमा विरोध प्रर्दशन निकालिएको छ। त्यस विरोध प्रर्दशनमा लघुवित्तिय संस्थाले विगतका समयमा गरेका ज्यादत्तीहरुको बारेमा त्यस विरोध प्रर्दशनका प्रमुख अतिथी सिताराम यादव ज्यूले विगतका समयमा लघुवित्तिय संस्थाले आम मानिसलाई चर्को ब्याजदरमा दिने गरेको ऋण र आम किसानलाई लुट्ने गरेको भन्दै त्यस कार्यक्रममा,
१. नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु, खारेज गर ।
२. लघुवित्तिय संस्थाहरुद्धारा लगाईएको सामुुहिक ऋण, मिनाहा गर ।
३. आम गरिब किसानहरुलाई निःशुल्क ऋण, प्रदान गर ।
४. आवश्यकता र क्षमताको आधारित काम र दामको, व्यवस्था गर ।
५. समाजवादी अर्थतन्त्रको, विकास गर । जस्ता मागहरु नेपाल सरकारसँग माग गर्नुभएको छ । उहाँले लघुवित्तिय संस्था यस्तो किसिमको ज्यादत्ती गर्नुमा सरकारी निकाय गैर जिम्मेवार भएको बताउनु भएको छ ।
आज भएको विरोध प्रर्दशनमा लघुवित्तिय संस्थालाई खारेज गर्नको लागी त्यस विरोध प्रर्दशनका प्रमुख अतिथी सिताराम यादव ज्यूले नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँका अनुसार विगत १० वर्षमा लघुवित्तिय संस्थाका ज्यादत्तीका कारणले नेपाली किसानले गरेका आत्महत्या रोक्नको लागी नेपाल सरकारले किसानलाई निःशुल्क ब्याजदरमा ऋण प्रवाह गनुपर्ने बताउनु भएको छ । लघुवित्तिय संस्था अनुत्पादक क्षेत्रमा लगानी गर्ने र नाफा कमाउनमा केन्द्रित भई सदस्यहरुलाई ऋणको भारी बोकाउने गरेको यादवले जानकारी दिनु भएको छ । (वित्तिय तालिम नदिनु र व्यवसायिक तालिम उपलब्ध नगराउने। योजना बिनाको रकम, रकम बिनाको योजना फसाउनु। व्यवसायिक बिमा नबनाई व्यक्ति केन्द्रित बिमामा केन्द्रित हुनु। बचतकर्ता सदस्यहरुको बचत हिसाबको हिसाबकिताब नदिनु, पासबुकहरु शाखा कार्यालयमा केन्द्रित गरी ऋणीहरुको समेत हिसाबकिताब गोलमाल गर्नु। दुर्गम गाँउबस्तीमा २ प्रतिशत र सुगम ठाँउमा जम्मा ४/५ प्रतिशत मात्र सदस्यहरुलाई सस्तो ब्याजमा अनिवार्य बचत गर्न बाध्य पार्नु। राष्ट्र बैकंको निर्देशिका भन्दा बाहिर गई एउटै सदस्यलाई ५ देखी ३९ वटा संस्थाहरुले लगानी लगाउनु र अनावश्यक रुपमा ऋणको भारी थापार्नु जसमा १ सदस्यलाई पहिला ५ लाख भन्दा बढि र गत मंसिर ७ देखी ७ लाख भन्दा बढि लगानी गर्छ भनृ उक्त संस्थाले सोतह १०० प्रतिशत लगानी नोक्सानीमा गर्नुपर्ने प्रावधान छ।) भनेर लघुवित्तिय संस्थालाई खारेजी गर्नुपर्छ भन्ने यादवको भनाई छ । यादवका अनुसार अब नेपाली जनता १९१४/१५ को समयमा जस्तो सोझो छैन, जनताले सम्पूर्ण कुरा थाहा पाएको छ र अब नेपाली जनता यसको विरुद्धमा आवाज उठाउने छ भनेर नालीबेली न्युजलाई जानकारी दिनुभयो । प्रदिप सेजवाल,रुपन्देही

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै