छाडा चाैपायलाई ट्रक पछाडि बाँधेर घिसार्दै सिद्वार्थनगर नगरपालिका

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायालाई गाडिमा बांधेर घिसारेपछि चौतर्फी आलोचना सूरु भएको छ। छाडा चौपाया नियन्त्रणको अभियान सूरु गरेको सिद्धार्थनगरले लु १ ग ३६२ नं को ट्रकमा पछाडी बांधेर छाडा गोरुलाई घिसार्दै गरेको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक भए संगै आलोचना सूरु भएको हो। तस्वीरमा नगरप्रहरीहरुले नगरपालिकाको ट्रकको पछाडीको भागमा गोरुका ४ वटै खुट्टा डोरीले बांधेर घिसार्दै गरेको देखिन्छ। छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममता पुर्वक घिसारेर पशु अपराध ऐन बिपरीत काम गरेको भन्दै स्थानीय युवाहरुले नगरपालिका कार्यालय अगाडी नारावाजी समेत गरेका थिए। भैरहवाका सामाजिक अभियान्ता प्रख्यात बन्जाडेले नगरपालिकाले गरेको निर्मम यातना बिरुद्ध ज्ञापन पत्र बुझाउने तथा नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको बताए। भैरहवाका समाजसेवी भरत पोखरेलले सामाजिक सन्जाल फेसबुक मार्फत बिरोध जनाउदै सिद्धार्थ नगर नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्ने नाममा अपनाएको तरिका गलत भएको बताए। उनले भनेका छन् – नगरभित्रका छाडा चौपाया ब्यवस्थापन गर्ने कार्य ठीक हुँदाहुँदै पनि न.पा.द्वारा उदेश्य प्राप्तिका निम्ति अपनाइएको काम गर्ने तौर तरिका बेठीक छ। यी दृष्यहरुले हाम्रो नगर पालिका को नेतृत्व आलोचना मुक्त रहन दिँदैन। जनआवाजको कदर गर्दै काम गर्ने शैली परिमार्जन गर्नु आवश्यक छ। यसतर्फ सिध्दार्थनगर नगर पालिकाको नेतृत्वले गंभीरतापूर्वक ध्यान पुर्याओस। यस बिषयमा नगरप्रमुख ईस्तियाक अहमद संग जानकारी लिने पटक पटकको प्रयत्न भने सफल हुन सकेन्।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै