बसले किच्दा ७६ वर्षीय वृद्धाको मृत्यु

शितगंगा(अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।

कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै