कांग्रेसको कारण गठबन्धन टुट्यो: प्रचण्ड

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन्। बालुवाटार बैठकबाट बाहिरिएका दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,”आजको बैठकमा कुरा मिलेन ।कांग्रेसको कारण गठबन्धन टुट्यो। म बालुवाटारबाट बाहिरिएँ ।अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन्छु ।”

कांग्रेसले पहिलो राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि गठबन्धन टुटेको हो। आजको बैठकमा दाहालले तीन प्रमुख पद कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लिनुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा देउवा सहमत भएनन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै