Advertisement
विज्ञापन

गुल्मीको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमाेन्सटेसन उडान हुने



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको सिमिचाैरमा रहेको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमाेन्सटेसन उडान गर्ने भएको छ । तत्कालीन संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको रेसुङ्गा विमानस्थलबाट तारा एयरले डेमाेन्सटेसन उडान गर्ने भएको हो।

यसअघि २०७५ साल जेठ २५ गते तारा एयरकाे ९ एनएकेएल कल साइन भएको विमानले परिक्षणकाे रुपमा उडान भरेको र उडान सफल भएको थियो । विमानस्थल धावनमार्ग ५ सय २० मिटर लम्बाई र चाैडाइ २० मिटर छ । १५६ राेपनि जग्गामा फैलिएको विमानस्थलमा निर्माण सकिदा सम्म ३२ कराेड ९० लाख रुपैयाँ खर्च भएको विमानस्थल गुल्मीका इन्जिनियर दिनेश परियारले बताए ।


Advertisement
Advertisement
Advertisement

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विमान चलाउने विषयमा गहन छलफल र आग्रह पछि पाैष अन्तिम हप्तासम्म डेमाेन्सटेसन उडान गर्ने छलफल भएको बताए । उनले भने “गुल्मेली जनताकाे प्लेन चढ्ने सपना पूरा छिटै हुनेछ,  हामीले सक्दाे छिटो सञ्चालन गरिदिन आग्रह गरेका छाैं ।”

त्यस्तै तारा एयरलाइन्सका उप निर्देशक राप्के शेर्पाले पहिले डेमाेन्सटेसनकाे रुपमा उडान गर्ने र त्यस्पश्चात सल्लाह गरेर अगाडि बढ्ने बताए ।तत्कालिन सांसद भागवत ज्ञवालीको पहलमा गुल्मीको सिमिचौरमा रेसुङ्गा विमानस्थलकाे सर्भे भएको थियो  ।

सुरुवाती चरणमा विमानस्थल निर्माणका लागि नेता प्रदिप कुमार ज्ञवालीकाे पहलमा १२ लाख रुपैयाँ र डा. चन्द्र भण्डारी सांसद हुदा १५ कराेड रुपैयाँ बजेट बिनियाेजित भएको थियो ।विमानस्थल निर्माण सुरु भएको करिब १६ बर्षमा सकिएकाे हाे ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad