Advertisement
विज्ञापन

कागती खेतीबाट मनग्य आम्दानी



Advertisement
विज्ञापन

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.५, डाँडा बजार बेगनाका भीम विक्रम लिम्बूले व्यावसायिक कागती खेती गर्न थालेको ९ वर्ष भएको छ ।

वि.सं.२०६७ सालमा आफ्नो निजी ३८ रोपनी जग्गामा ५ लाख रुपयाँ लगानी गरेर व्यावसायिक कागती खेती थालेका लिम्बूले तिन वर्ष अघि देखी आम्दामी पाउन थालेको बताएका छन् । लिम्बूले आफ्नो ३८ रोपनी कागती बारीमा लगाएको कागतीले तीन वर्ष यता ४ लाख, ६० हजार खर्च कटाएर आम्दामी गरेकोे बताए । उनले शुरुको वर्षमा कागती खेतीबाट ६० हजार, दास्रो वर्ष १ लाख र चालु आ.व.०७६÷०७७ मा ३ लाख बराबरको कागती बिक्री गरेको बताएका छन् ।


Advertisement
Advertisement
Advertisement

कागती एक पटक लगाएपछि बेला बेलामा मलजल दिनुबाहेक त्यति धेरै मेहनत गर्नु नपर्ने गोडमेलको भरमा कागती फल्ने र आम्दामी दिने भएकाले सहज भएको लिम्बूले ब्लाष्टलाई बताए । आगमी वर्ष भने ५ लाख भन्दा वढी कागतीवाट आम्दामी हुनेमा लिम्बू ढुक्क छन् । आफ्नै पाखुरी चलाएर बारीमा लगाएको कागतीले घरैमा पैसा साट्न पाउँदा यतिखेर उनी मख्ख परेका छन् ।

नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरे पनि भूमिगत कालमा माओवादी राजनीतिमा लागेका भीमविक्रम पार्टी शान्ति प्रक्रियामा समाहित भएसँगै पछिल्लो समय राजनीतिबाट हात धोएर व्यावसायिक कृषि पेशामा लागेको बताउँछन् । उनले भूमिगत राजनीतिमा जे सपना देखेका थिए त्यो पूरा नभएपछि आफूले सक्रिय राजनीतिलाई तिलाञ्जली दिएको बताए ।

उनी अहिले राजनीति भनेको झुटको खेती रहेछ, त्यसैले राजनीतिले मात्र देशमा आर्थिक क्रान्ती नहुने देखेपछि आफू आर्थिक क्रान्तिको लागि व्यावसायिक कागतीलगायत मौसमी खेती र बाख्रा पालनमा समेत लागेको बताउँछन् । उनले अहिले कागती खेती गरिरहेको ३८ रोपनी बारीमा भित्रभित्रै अकबरे खुर्सानी यो वर्ष १ लाख, ५० हजार र कालो भट्मासबाट २८ हजार आम्दामी गरेको बताए । उनले कागती खेतीसँगै २० वटा उन्नत जातको बाख्रासमेत पालेको तर बाख्रा यही वर्षदेखि पालेको भएर आम्दामी खासै शुरु नभएको बताए ।

उनले कागतीको हेरचाह, बाख्रापालन लगायत कार्य गर्नको लागी दैनिक रूपमा २ देखि ५ जनासम्मलाई नियमित काम दिने गरेको बताए । हरेकले ४ घण्टाको दरले काम गर्ने गरेको र ४ घण्टाको २ सय २५ रुपैयाँ ज्याला दिने गरेको लिम्बूले बताए । उनले हालसम्म कागतीको व्यावसायिक खेतीको लागि ४ लाख रुपैयाँ सरकारी अनुदान लिएको बताएका छन् । लिम्बूले जिल्ला कृषि विकास कार्यालयबाट १ लाख, ५० हजार, घरेलु तथा साना उद्योग विकास समिति, धनकुटाबाट ८० हजार, सिएए धनकुटाबाट १ लाख, ६६ हजार र आ.व.०७५÷०७६ मा साँगुरीगढी गाउँपालिकाबाट १ लाख रुपैयाँ अनुदान लिएको बताए ।

कागती फलाउन सके कागतीको बजार खोज्न टाढा जानु नपर्ने घरैमा ग्राहक आउने र कागतीको दाना हेरी ५ रुपयाँ देखि १० रुपैयाँसम्म प्रतिदाना दाम आउने बताए । तराइको भन्दा पहाडको कागती रसिलो र बढी रस आउने भएकाले पनि पहाडमा भन्दा तराईमा आफ्नो कागतीको बजार राम्रो रहेको लिम्बूले बताए । आफ्नो बारीको कागती लिन थोक ग्राहकहरू विराटनगर, इटहरी, धरान, दमक, इनरुवा, बिर्तामोड, लहान लगायतको स्थानबाट आउने गरेको बताए ।

एक छोरा, एक छोरी र श्रीमतीसहित ४ जनाको लिम्बू परिवारलाई पछिल्लो समयमा कागती खेतीको आम्दामीले घर व्यावहार चलाउन ठूलो सहयोग पु¥याएको ५१ वर्षीय भीमविक्रमले बताए । अहिले भने छोरीको विवाह गरिसकेकाले ३ जनाको मात्र परिबार रहेको र कागतीलगायत मौसमी कृषि व्यवसायले दुःख सुःख जीवन जिउन सहज भैरहेको लिम्बूले बताएका छन् ।

लिम्बू जस्तै जो कसैले व्यावसायिक रूपमा कागती खेती गर्न सके पैसा कमाउन टाढा धेरै टाढा जान नपर्ने बताउनँदै उनले जाँगर चलाउनेहरूका लागि उदाहरण प्रस्तुत गरेका छन् । उनले देखाएको यो उदाहरण जो कसैले अनुशरण गर्न सके पैसा आफ्नै आँगनामा फल्ने रहेछ भन्ने पाठ पनि लिम्बूले सिकाएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad