Advertisement
विज्ञापन

भोलीबाट चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव हुँदै



Advertisement
विज्ञापन

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ ।

सियारी गाउँपालिकाको आयोजनामा भोली शुत्रबार देखि शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो ।


Advertisement
Advertisement
Advertisement

बिद्यार्थीहरुको बौद्यिक तथा शारिरिक क्षमता बृद्धि गर्ने तथा उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले शैक्षिक महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जनाकारी दिए ।

उनले पालिकाभित्रका ४० बिद्यालयका १ सय २ खेलाडिले बिभिन्न खेलमा भाग लिने बताए । सियारी भित्र २५ सामुदायिक, १२ सस्थागत र ३ धार्मिक बिद्यालयमा  १२ हजार बढी बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

शैक्षिक महोत्सवमा बौद्यिक तथा शारिरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।

महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिवल, कवड्डी लगाएतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

कार्यक्रम पव्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । कार्यक्रम ८ गते देखि १४ गतेसम्म चल्ने छ ।

महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका खेलकुद उपसमिति संयोजक गोपाल ज्ञवालीले जानकारी दिए । बौद्यिक कार्यक्रम पव्लिक माविमा तथा शारिरिक कार्यक्रम जनता माविमा हुने छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad