Advertisement
विज्ञापन

बुटवलमा शनिबार नेपथ्यको कन्सर्ट



Advertisement
विज्ञापन

बुटवल । ‘मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित सांगीतिक समूह नेपथ्य आउँदो शनिबार साँझ बुटवल आउँदै छ । मानव सेवा आश्रमद्वारा नेपथ्यसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपथ्यको टोलीमा प्राविधिक समेत गरी करिब ७० जना हुनेछन् । बुटवल उपमहानगरपालिका–१२, रामनगरमा पुस ९ गते अपराह्न ४ बजेदेखि सुरु हुने सांगीतिक कार्यक्रमको तयारी पूरा भएको कार्यकम संयोजक लोकनाथ भुसालले बताए ।


Advertisement
Advertisement
Advertisement

बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । प्रतिटिकट शुल्क एक हजार रुपैयाँ राखिएको छ । टिकट खरिदका लागि मोबाइल एप ईसेवा, खल्ती र थुप्रै डटकमबाट अनलाइन बुकिङ गर्न सकिन्छ ।

यस्तै, प्रत्यक्ष रूपमा बुटवलमा रहेको मानव सेवा आश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिनेछ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोकलगायत स्थानमा स्टल स्थापना गरी टिकट बिक्री भइरहेको आयोजकले जनाएको छ ।

सो आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिसको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आएको रुपन्देही संयोजक टीकामाया थापाले बताइन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad