जन्मदिनको अवसरमा गरीब विधार्थी र मृगौला पिडितलाई सभापती खनाल द्धारा आर्थीक सहयोग हस्तान्तरण

पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई अनावश्यक खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गइरहेका बेला मलारानी गाउँपालिकाका शोभाखर खनालले भने विद्यालय र मृगौला पिडितलाइ अर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् । नेपाली कांग्रेस मलारानिका सभापती समेत रहेका खनालले जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ को सुन्दरा निम्नमाध्यमिक विद्यालय खनदहका ३ विद्यार्थीलाई जनही ५००/५०० का दरले आर्थिक सहयोग ४० जना विद्यार्थीलाई शैसिक सामाग्री फलफुल साथै विद्यालयलाइ १ व्यान फिल्टर उपलब्ध गराएको गराएका छन् । यस्तै खनालले जन्मदिन कै अवसरमा मालारानी गाउँपालिका वडा नं. ५ निवासी मृगौला पिडित विनोद चौहानलाई रु २ हजार ५ सय २५ रुपैया समेत सहयोग गरेका छन् । जन्मदिनमा अनावश्यक खर्च गरि मनाउनु भन्दा सामाजिक कार्यमा खर्च गरेको खनालको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै