Advertisement
विज्ञापन

विवादको घेराबन्दीमा धरानका मेयर हर्क साम्पाङ



Advertisement
विज्ञापन

टहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादको घेराबन्दीमा परेका छन् । गत असोज १३ गतेदेखि बस्न नसकेको कार्यपालिका बैठकलाई लिएर विवाद हुँदै आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा ‘बल होइन बुद्वि लगा, चमारे बुद्धि’ लेखेपछि उनको विरुद्वमा दलित आयोगदेखि धरानका राजनीतिक दलहरू समेत एक भएका छन् ।

मेयर साम्पाङको अभिव्यक्ति र कार्यशैलीप्रति धरानमा क्रियाशील ६ वटा राजनीतिक दलहरूले आपत्ति जनाएका छन् ।
‘लोकतान्त्रिक व्यवस्थामा एउटा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक मपाईंतन्त्र र अधिनायकवादको उदय हुन लागेको आभाष भएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ मेयरले आफ्नो शब्द फिर्ता लिई संवाद, छलफल र सामूहिक सहकार्यअनुरूप अघि बढ्न हाम्रो सुझाव छ ।’


Advertisement
Advertisement
Advertisement

नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कराज एभेङ, नेकपा माओवादी केन्द्र इन्चार्ज चोत्लुङ फोक्वाहाङ (सुब्बा), जसपा अध्यक्ष तावजु लिम्बू, नेकपा एस अध्यक्ष रेवतीरमण राई र राप्रपा अध्यक्ष दोर्जे शेर्पाले आइतबार विज्ञप्ति जारी गर्दै मेयर साम्पाङको अभिव्यक्तिको विरोध जनाएका छन् ।

नेपालका धेरै राजनीतिक पार्टी, तिनका नेता, कार्यकर्ताको संघर्ष र सहिदहरूको बलिदानी रहेको स्मरण गराउँदै हर्क साम्पाङ यो व्यवस्थाविरुद्ध अधिनायकवादी शैलीमा उभिएकोसमेत दलहरूले आरोप लगाएका छन् ।

दलित समुदायलाई उपेक्षित गरेको र अहिलेको समयमा पनि सार्वजनिक पदमा बसेको व्यक्तिले एउटा समुदायमाथि लक्षित गर्दै होच्याएर स्टाटस लेखेकोप्रति उनी विवादित बनेका हुन् ।

धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेर भन्छन्, ‘मेयर सा’ब निरङ्कुश शैलीमा अगाडि बढ्नुभयो, उहाँमा आँफू मात्र सही, अरु गलत हो भन्ने बुझाई रह्यो ।’ उनले कार्यपालिका बैठकमै सदस्यहरूमाथि गरेको व्यवहार र सञ्जालमा दलित समुदायलाई नै अवहेलना हुनेगरी लेखिएको स्टाटस अस्वभाविक र निरङ्कुश रहेको बताए । ‘बैठक भनेको छलफल गर्ने र छलफलबाट निष्कर्ष निकाल्ने थलो हो,’ गजमेरले भने, ‘छलफलमै कार्यपालिका सदस्यलाई नै ‘बाहिर जा’ भन्नु गलत हो, उहाँले माफी नमागेसम्म हामी बैठकमा जाँदैनौँ भन्ने हाम्रो माग हो ।’

धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) मेयर साम्पाङमा अनुभवको कमी रहेको टिप्पणी गर्छन् । उनले गरेका गल्तीको आत्मआलोचना नगर्ने भएका कारण पनि समस्या भइरहेको बताए । ‘उहाँ नगरको अभिभावक हो, तर अभिभावकको भूमिका खेल्न सक्नुभएन,’ राईले भने, ‘व्यक्तिगत कारणले पनि विवाद होला, तर म चैँ अनुभवको कमी देख्छु ।’ निर्वाचित भएर आएको ६ महिना मात्रै बितेकाले पनि अनुभवको कमी भएको उनको तर्क छ ।

पुरानै विवाद

गत असोज १३ गते कार्यपालिका बैठक थियो । कार्यपालिका बैठक विवादित बनेपछि अझैसम्म बैठक बस्न सकेको छैन । त्यसबेला मेयरकै कारण वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । धरान १७ मा रहेको सप्तरंगी पार्कको विषयमा विवाद बनेपछि कार्यपालिका बैठक स्थगित भएको थियो । मेयर साम्पाङले सप्तरंगी पार्कलाई बहुसांस्कृतिक संग्रहालय बनाउने प्रस्ताव गरेका थिए । तर, कार्यपालिका सदस्य अनुप देवानले सप्तरंगी पार्कको डीपीआर तयार भइसकेकाले त्यसको नाम परिवर्तन गर्न नहुने अडान गरे । उनको अडानमा अरु वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले समर्थन जनाएका थिए ।

कार्यपालिका सदस्य देवानले बोल्ने क्रममै मेयर साम्पाङले ‘तपाईँको बोल्ने पालो सकियो, अब बस्नुस्’ भने । तर, देवानले भने आफ्नो कुरा अझै रहेको अडान गरेपछि उदण्ड शैलीमा साम्पाङले ‘नबस्ने हो भने निस्केर जानुहोस्’ भनेपछि विवादले चर्को रुप लिएको हो । त्यसैबेलादेखि कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका हुन् ।

यता, मेयर साम्पाङले भने सदस्यहरूले कार्यपालिका बैठक बहिष्कार गरेर सार्वभौम धराने जनताको आदेशअनुरूप आचरण नगरेको र विधिको शासन नमानेको भन्दै खेद प्रकट गरेका छन् । उनले भनेका छन्, ‘कार्यपालिका सदस्यहरूले कर्तव्य पूरा नगरेको, अनुशासनहीनता र लापरबाही देखिएकाले सबै कार्यपालिका सदस्यरू तुरुन्त सच्चिन आवश्यक देखिन्छ ।’



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad