अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव भेटियो

अर्घाखाँची । अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बेवारिसे शिशुको शरिरको करिव आधा भाग कुकुरले खाईसकेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौड्ेलले जानकारी दिए ।

शिशु कति दिनको अथवा महिनाको हो,भनेर अहिले शिशु जिल्ला अस्पताल सन्धिखर्कमा पोष्ट माटमको लागि लगिएको छ । उक्त शिशु छोरा रहेको छ । शिशु कस्को र के कारणले फालिएको भन्ने कुरा खुलेको छैन ।  थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक पौड्ेलको भनाई छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै