Advertisement
विज्ञापन

सीता राम मावि सदावर्तमा विद्यालयमा प्रहरी कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

पाल्पा, सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका ४ सदावर्त पाल्पामा विद्यालयमा प्रहरी कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका र इलाका प्रहरीकार्यालयका सहकार्यमा सचेतना कार्यक्रम भएको हो ।

आइतबार कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको हो । सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले प्रशिक्षण दिदै साईवर क्राईम, लागुपदार्थ, मादक पदार्थ तथ सुर्ती नजन्य पदार्थ सेवनले पार्ने असर, बच्ने उपाय, कानुनले गरेको व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।


Advertisement
Advertisement

९० जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा आधारभूत सुरक्षा, ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिईएको थियो । इलाका प्रहरी कार्यालयले सचेतना कार्यक्रम नगरका अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्ने जनाएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement