असोजमा मृत भेटिएका दुई युवाले प्रयोग गरेको मोटरसाईकल खोलामा भेटियो

पाल्पा, गत असोजमा निस्दी–४, मित्यालमा दुई युवाहरु संगै हराएको मोटरसाईकल फेला परेको छ । निस्दी ४ को पाकरी खोला र रामु खोलाको दोभानमा आइतबार मोटरसाईकल भेटिएको हो ।

रहस्यमय भनिएको घटनामा निस्दी गाउँपालिका–३, झिरुवास भलुवाका दुई युवाहरु मृत अवस्थामा भेटिएका थिए । मोटरसाईकल लिएर घरबाट भलिबल खेल हेर्न हिँडेका निस्दी–३, झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र सोही गाउँका २३ वर्षीय इन्द्रबहादुर खरु मगर मृत भेटिएका थिए ।

निस्दी गाउँपालिका–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरु घर नफर्किए पछि खोजी गदै जाँदा निस्दी गाउँपालिका– ५, गल्धाको ढुंगानाबेंसी नजिकै पाकरी खोलामा इन्द्र र निस्दी– ४, मित्यालकै पाकरी खोलामा मोटरबाटो तल वीरेन्द्रको शव विभत्स अवस्थामा भेटिएको थियो ।

पहिरोमा हराएको लु ३३ प ३८९२ नम्बरको मोटरसाईकल फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । मोटरसाईकल स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको र उक्त मोटरसाईकल उत्खनन् गरी निकालेको देवकोटाले बताउनुभयो ।

मृत भेटिएका युवाहरुले प्रयोग गरेको मोटरसाईकलको यस अघि ले गार्ड मात्र भेटिएको थियो । अहिले मोटरसाईकलको इन्जिन र अन्य भाग भेटिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै