Advertisement
विज्ञापन

पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा



Advertisement
विज्ञापन

पाल्पा,नेपाली काँग्रेस पाल्पाले निर्वाचनको समीक्षा गरेको छ । काँग्रेसले मंसिर ४ गते भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका विषयमा आइतबार व्यापक समीक्षा गरेको हो । काँग्रेसले पाल्पा क्षेत्र नं .१ र २ मा गठबन्धनका उम्मेदरवारले हार्नुको कारणका विषयमा छलफल गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसमा भएका सबै प्रकारका कमिकमजोरीलाई हटाई पार्टीलाई गतिशील एवं सशक्त बनाएर लैजाने बताए । उनले संगठन, विचार, सिद्धान्त र आदर्शको बाटो हिँडाउँदै सशक्त पार्टी निर्माण गर्न आफुहरु एक भएर अगाडि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । सभापति श्रेष्ठले निर्वाचनमा सहयोग गर्नेहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

सोही अवसरमा पाल्पा क्षेत्र नं २ (१) प्रदेश सभामा निर्वाचित काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानालाई बधाई ज्ञापनसँगै सम्मान गरिएको छ । कार्यक्रममा नवनिर्वाचित प्रदेश सदस्य रानाले मेरो विजयी भनेको सिंगो पाल्पा काँग्रेसको विजयी भएको बताए । उनले निर्वाचनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अगामी दिनमा पार्टीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानबहादुर गाहा, प्रदेश सदस्यका उम्मेदवारहरु श्यामकान्त खनाल, शंकर खनाल, समानुपातिक उम्मेदवारहरु सन्दीप राना र तारा रसाईलीले निर्वाचनमा अमूल्य मत दिने मतदाता र पार्टीका सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे । उनीहरुले केही प्राविधिक कारणले आफुहरु पराजित भए पनि मतदाताको मन भने जित्न सफल भएको बताए । कार्यक्रममा पार्टीका भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना धारण राखेका थिए । पार्टी सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व , उपसभापति झपेन्द्र गहिरेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनका कार्यक्रम भएको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad