Advertisement
विज्ञापन

भुमिकास्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ’त्यु



Advertisement
विज्ञापन

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर – २ खाका वेसीमा लु ४ त. १२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर धनि ४० बर्षिय ठाकुर पाण्डे रहेका छन्। पाण्डे को आज बिहान खाका वेसी खोला बाट पिपलनेटा बालुवा लिएर जाने क्रममा टारीको घुम्तीमा एक्कासि ट्याक्टर दुर्घटना हुँदा घटना स्थलमै पाण्डेको मृत्यु भएको स्थानीयले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएका छन्। ट्याक्टर सडक खण्डदेखि ४० मिटर तल खसेको थियो।


Advertisement
Advertisement

राजु पाण्डेको शव ट्याक्टरको ह्याण्डडिलले च्यापिएको अवस्थामा उद्वार गरिएको थियो। स्थानीयहरुले राजु पाण्डेको शवलाई उद्वार गर्न नसके पछि जेसिबीको साहयताले उद्वार गरी पोष्टमार्टम का लागि जिल्ला अस्पताल अर्घाखाँची मा पठाईएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement