पाल्पामा सुत्ने काेठामा आगाे ताप्दै गरेका वृद्धकाे जलेर मृत्यु
६३१
मंसिर २६ पाल्पा – आफ्नै घरभित्र आगाे ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे बिक एक्कासी जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।