Advertisement
विज्ञापन

पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या १ सय ५० नाघ्यो, घरघर पुगेर उपचार सुरु



Advertisement
विज्ञापन

पाल्पा – पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा धेरै जनाको उपचारका लागि बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको छ ।                                                                                                बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीकाे स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएकाे थियाे । बिरामी पर्नेमा धेरैजसो गाउँमै भएकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।                          बिरामीलाई स्वास्थ्य जाँच गरी प्राथमिक उपचार, सलाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराज अधिकारीले बताउनुभयो । गाउँमा वितरण गरिएको औषधिले काम नगरेको भन्दै कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गइरहेका छन् ।  बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ ।                                          पानीमा समस्या भएको हुन सक्ने स्थानीयवासीको अनुमानपछि स्वास्थ्य कार्यालय पाल्पाले पानीको जाँचका लागिसमेत टोली खटाएको छ । बिहेमा सहभागी तीन सय ५० जनाभन्दा धेरै निम्तालुमध्ये धेरैजसाे बिरामी भएका बगनासकाली १ का अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad