गाउँपालिकाको बदनाम गर्न खोज्ने ,महालेखाका कर्मचारीलाई कारबाही गर्न , माग

पूर्वाग्रही तरिकाले पेश गरेको प्रतिवेदन बनाउने कर्मचारीलाई कारवाहीको माग गर्दै महालेखामा उजुरी परेको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले महालेखा परीक्षकका कृष्ण रेग्मीबिरूद्व उजुरी दिएका हुन् ।

गाउँपालिकाको आ।व। ०७७र७८ को लेखा परीक्षण गर्दा रेग्मीले विभिन्न व्यवसायीक फर्मबाट अध्यक्ष तथा उपाध्यक्षका लागि व्यक्तिगत प्रयोगमा आउने दाल, चालम र तरकारीबापतको रकम सात लाख एकानब्बे हजार नियमसंगत नभएको भन्ने प्रतिवेदन लेखिएकोमा पालिकाले भने उक्त रकम अध्यक्ष रउपाध्यक्षको लागि नभइ कार्यालयमा आउने सेवाग्राही र कर्मचारीको लागि खर्च भएको पालिकाले जनाएको छ ।

त्यसकारण स्थानीय तह र जनप्रतिनिधिको बदनाम गर्ने उदेश्यले तथ्यहीन प्रतिवेदन लेख्ने कर्मचारीलाई कारवाही गर्न पोखरेलले माग गरेका छन् । आफुहरू गाउँपालिकामा निर्वाचित भएदेखि नै नियम र कानुनको अधिनमा रही काम गरेकोले आगामी दिनमा पनि कानुनभन्दा बाहीर गएर काम नगर्ने पोखरेलले बताए ।

हेरौँ, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले दर्ता गराएको पत्र

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै