Advertisement
विज्ञापन

बागलुङमा हात्तिपाईले भएनभएको खोजी गरिने



फाईल तस्विर
Advertisement
विज्ञापन

बागलुङ/ पटक–पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएको हात्तिपाईले रोगको अवस्थाका बिषयमा प्रारम्भिक अध्ययन गरिने भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालयले बागलुङले जिल्लाका दुई स्थानमा प्रारम्भिक अध्ययन गर्ने भएका हुन् ।

बागलुङमा हात्तिपाईले रोग निवारण नभएको पाईएपछि १४ औं पटक आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ । अभियान सञ्चालन पूर्व यसअघिका आम औषधि सेवन अभियानको प्रभावकारिता खोजी गर्न थालिएको हो ।


Advertisement
Advertisement
Advertisement

यसअघिका परीक्षणमा हात्तिपाईलेका बिरामी फेला परिरहेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा प्रारम्भिक अध्ययन गरिनेछ भने त्यहाँबाट रोग स्थानान्तरण भए नभएको खोजीका लागि गलकोट नगरपालिकाको हटियामा अध्ययन गरिने छ ।

अघिल्लो बर्ष नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेरामा अभियान पूर्व अध्ययन गरिएको थियो । अध्ययनका क्रममा नारायणस्थानमा ८ र कुश्मीशेराका २ जनामा हात्तिपाईले रोगका जीवाणु फेला परेका थिए । ‘विश्वव्यापी मापदण्डअनुसार जाँच गरिएकामध्ये २ प्रतिशतभन्दा कममा संक्रमण नदेखिएसम्म पटक पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत बर्ष देखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको हो’ किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबालक रायले भने ‘यो पटकको प्रि–टास पास भए एक पटक आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुन्छ ।’

प्रारम्भिक अध्ययन गर्न लागिएका दुवै ठाउँमा तीन÷तीन सय जनाको रगतको नमुना लिएर परीक्षण गरिने छ । ‘सामान्यतयाः ६५ प्रतिशत आम औषधि सेवनमा सहभागि भए सफल मानिन्छ तर बागलुङमा सुरुको बर्ष ७० प्रतिशत र त्यसयता ७० प्रतिशतभन्दा माथी औषधि
सेवन गरेको तथ्यांक छ’ किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अच्युतबाबु ओझाले भने ‘हामीले धेरै प्रयास गरेका छौं, यो अन्तिम पटक मात्रै आम औषधि सेवन अभियान होस् भन्ने चाहन्छौं ।’

अभियानमा लगातार ६ पटक औषधि खाँदा नेपालकै धेरै जिल्लामा हात्तिपाईले निवारण भएका उदाहरण छन् । तर, गण्डकी प्रदेशको बागलुङ, पर्वत र लमजुङमा भने १४ औं पटक यो अभियान सञ्चालन हुँदैछ । अध्ययनका क्रममा हात्तिपाईले देखिएपनि नदेखिएपनि आगामी फागुनमा अभियान सञ्चालन हुने उनले बताए । परीक्षणमा संक्रमण दुई प्रतिशतभन्दा कम भएमा यो अन्तिम पटक हुने र बढी भएमा थप दुई बर्ष नयाँ कार्यक्रमसहित अभियान चल्ने छ ।

‘लगातार ६ वर्ष औषधी खुवाएपश्चात यसको सर्वेक्षण थालिएको हो । सन् २०१४ देखी जिल्लामा निरन्तर सर्वेक्षण थालिएको छ’ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन् ‘२०१४ मा ३ प्रतिशत रहेको जिल्लाका तथ्यांक २०२१ सम्म पनि २.६६ प्रतिशतभन्दा तल हुन सकेन र २ प्रतिशतमा नझरेसम्म नियमित औषधी खुवाउनुपर्ने छ ।’ परिक्षणका क्रममा एक ठाउँमा मात्र देखिए पनि एक मान्छेबाट अर्कोमा पनि सर्ने जोखिम भएकाले जिल्लाभर नै थप दुई बर्ष आम औषधि सेवन अभियान सल्ने छ ।

हात्तिपाइले रोग निवारणको सुनिश्चितताका लागि सय प्रतिशत अनिवार्य नभए पनि कम्तीमा २ प्रतिशतभन्दा तल पु¥याउनु पर्दछ । उचेरिया बाक्रोप्टि नामक ब्याक्टेरियाबाट लाग्ने हात्तिपाईले (फाईलेरिया) रोग क्यूलेक्स नामको पोथी लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने गर्दछ । धेरै वर्ष पहिलेदेखी अभियान संचालन गरिए पनि सर्वसाधारणले निरन्तर औषधी नखाँदा यो समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad