रुपन्देही २ मा पुन:मतदानको माग गर्दै एमालेबाहेकका दलहरु प्रदर्शनमा उत्रिए !

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अवरुद्ध भएको छ । प्रतिनिधि सभातर्फ ८१ हजार मतमध्ये अब ६ हजार मत गन्न बाँकी छ ।

सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उनका अनुसार लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१ गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको हो ।

मतदान गरेका महिलाको संख्या ३८८ हुनु पर्नेमा टाइपिङ फरक परी ५० मत कम देखिने गरी ३३८ लेखिएको रहेछ’, नेपालीले भने, ‘तर मतमेटिकामा र मुचुल्कामा उल्लेख गरिएको एकमुष्ट संख्या ६२९ नै मिल्न आएकाले अन्यथा सोच्नुपर्ने केही छैन ।

कम्प्युटरमा प्रविष्ट गर्ने समयमा मानवीय त्रुटीका कारण फरक संख्या उल्लेख हुन गएको कुरा स्वीकार गर्दै निर्वाचन अधिकृत नेपालीले मतपेटिकामा भएको र मुचुल्कामा भएको संख्या नै सही भएको स्पष्ट पारे । रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता छ। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै