Advertisement
विज्ञापन

बाजुरामा मतदान अवधिभर हवाई फायर गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते



Advertisement
विज्ञापन

एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिका हवाई फायर गर्नुपरेको  जानकारी दिए । यसैबीच प्रहरीको गोली चल्दा एक जना युवाको ज्यान गएको प्रजिअ अधिकारीले पुष्टि गरे । उनका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका ३५ वर्षका सञ्जिव ऐरीको मृत्यु भएको छ ।


Advertisement
Advertisement
Advertisement

झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका छन् । त्रिवेणी नगरपालिका–१ स्थित नाटेश्वरी मतदानस्थमा अहिले पनि स्थानीयले घेरा हालेका छन् ।  उनीहरूको विवरण भने खुल्न बाँकी रहेको प्रजिअ अधिकारीले जनाए । घाइतलाई उपचारका लागि सुर्खेतमा ल्याएको छ  ।

मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गरेको बुझिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन गोली चलाएको प्रशासनले जनाएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad