जथाभाबी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो ।

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो ।

स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको छ ।
न्युज कारखाना

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै