Advertisement
विज्ञापन

९० म्यादी प्रहरी कारबाहीमा



kf]v/f, !@ j}zfv . :yfgLo txsf] lgjf{rgsf] nflu kf]v/fsf] lgjf{rg clws[tsf] sfof{no kl/;/df ;'/Iff lbFb} DofbL k|x/L . t:jL/ M /flwsf sF8]n, /f;;
Advertisement
विज्ञापन

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।


Advertisement
Advertisement
Advertisement

“आचारसंहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।” प्रवक्ता राईका अनुसार  कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक  र बागमती प्रदेशमा पाँच रहेका छन्  ।

त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक  र सुदूरपश्चिममा सात छन् । काठमाडौं उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad