Advertisement
विज्ञापन

भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु



Advertisement
विज्ञापन

काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज बिहान आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।


Advertisement
Advertisement
Advertisement

४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको थियो । आगलागीमा परी आत्मारामकी छोरी अस्मिताको मृत्यु भएको हो। अस्मितामा सुस्तमनस्थिति र प्यारालाइसिस समस्या रहेको कारण उनी भाग्न नसकेको डिएसपी पाण्डेले बताए । घटनामा १४ वर्षकी नित्मा केसी सामान्य घाइते भएकी छन् ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad