Advertisement
विज्ञापन

गुल्मी– १ : उम्मेदवारका ठुला सपना, मतदाताका साना माग



Advertisement
विज्ञापन

गुल्मी क्षेत्र नम्बर १ एमाले उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका उम्मेदवार डा। चन्द्र भण्डारीले आफ्नो घोषणापत्रमा विकासका ठुला–ठुला सपना समावेश गरेका छन् । चुनाव लक्षित कोण सभामा पनि उनीहरूले सोही सपनालाई दोहोर्‍याई रहेका छन् ।


Advertisement
Advertisement
Advertisement

तर नेताको सपना र जनताको अपेक्षाबीच भने ठुलो अन्तर देखिएको छ । नेताहरू ठुल्ठुला सपनामा रमाइरहँदा मतदाताहरूले भने स–साना समस्याहरू देखाएका छन् । काँग्रेस उम्मेदवार भण्डारीसँग छत्रकोट गाउँपालिका वार्ड ४ दिमागका तारापति ज्ञवालीले सातमुरे श्रृगाको बाटो हिउँदमा चले पनि वर्षामा बन्द हुने भएकोले निर्माण गर्न आग्रह गरे । वर्षामा सडक बन्द हुँदा स्थानीयहरू हिँड्न पर्ने समस्या भएकोले उम्मेदवार भण्डारीले ध्यान दिनु पर्ने उनले माग राखे । उनले जस्तै लोकनाथ पन्तले खानेपानी टङ्की निर्माण भए पनि पाइप गुणस्तरीय नभएले समस्या भएकाले गुनासो गर्दै उचित व्यवस्था गर्न माग राखे ।

 

यता अगाहामा मतदाताहरूले लिखित रूपमा नै भण्डारीलाई आफ्ना मागको सूची बुझाएका छन् । उनीहरूले खानेपानीको लागि जीआई पाइप, विद्यालयको भवन व्यवस्थापन, सिँचाइजसता माग राखेका छन् केही युवाहरू खेल मैदान, ब्याडमिन्टनको सामाग्री सम्मको व्यवस्था गर्न माग गरेका छन् । स्थानीयहरूले सोलर पावर, बालुवाको कर छुटाउनु पर्नेदेखि स्थानीय स्वास्थ्य स्वास्थ्यको स्तरोन्नतिसम्मको माग राखेका छन् । भण्डारीले जनताका केही माग आफ्नो प्रतिबद्धता पत्रमा रहेका बताउँदै नभएकोलाई त्यसमा समावेश गर्ने आश्वासन दिए ।

 

भण्डारीलाई जस्तै एमाले उम्मेदवार प्रदीप ज्ञवालीलाई पनि स्थानीयहरू आफ्ना मागहरू सुनाएका छन् । रातोपाटीको टोली रुरु गाउँपालिका–६ रिमुवामा एमाले आयोजना गरेको कोण सभामा जाँदा उम्मेदवार ज्ञवालीलाई स्थानीयहरूले आफ्ना समस्याहरू सुनाइरहेका थिए । स्थानीय वीरबहादुर थापाले सडक निर्माणमा ध्यान दिन आग्रह गरे । उनले २०५१ सालमा निर्माण सुरु भएको बलेटक्सार चौतारा रिमुवा सडकमा पिच नहुँदा आफूहरूले दुःख पाएको गुनासो गरे । उनले युवाहरू गुल्मीमा नै काम गर्ने वातावरण तयार पार्न नीति बनाउन आग्रह गरे ।

 

स्थानीयको कुरा सुनेपछि बोल्दै ज्ञवालीले आफूले विगतमा गरेका विकासको कार्यहरूको लामो बेलिविस्तर लगाउँदै आगामी दिनका युवालाई गाउँ बस्ने वातावरण तयार पार्ने बताए । उनले अहिले विकास गाउँ परेको तर युवाहरू विदेश परेकोले राष्ट्रिय रूपमा ठुलो चिन्तनको रूपमा राज्यले लिनु पर्ने बताए । ज्ञवालीले आफ्नो क्षेत्र जनताले लाभ लिने गरी आफ्नो पहलमा कालीगण्डकी कोरिडोर, सिद्धबाबा सुरुङ मार्गलाई पूर्णता दिइने बताए ।

 

चीन र भारत जोड्ने ट्रान्जिट रुट र महत्त्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा काली गण्डकी कोरिडोर सम्पन्न हुँदा यस क्षेत्र धेरै बासिदा लाभ लिन सक्ने र यस्तै गुल्मी रेसुङ्गा विमानस्थल निर्माणको काम अन्तिम चरण पुगेको क्षेत्रवासीहरूले हवाई सेवासमेत छिटै पाउने उनले आश्वासन दिए ।

ज्ञवालीले दिगाम, चन्द्रकोट, अगाह, रिडीजस्ता ठाउँमा कोण तथा भेटघाट कार्यक्रम गरेको एमाले लेखा आयोग सदस्य भीम पौडेलले बताए । अव ज्ञवाली काली गण्डकी गाउँपालिका तिर लाग्ने छन् । ज्ञवालीको सचिवालय सदस्य सदस्य खेमराज ज्ञवालीका अनुसार स्थानीयहरू सरकारी विद्यालयमा विद्यार्थी कम भएको, स्वरोजगार विषय, भएका सडकहरूको स्तरोन्नति जस्ता विषयमा माग राख्ने गरेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीले आफ्नो क्षेत्रमा ६ वटा गाउँपालिका र एक नगर पालिको आधा भागमा एक चरणको घरदैलो गरेर सकेका छन् । भण्डारीको सचिवालयमा रहेका माधव न्यौपानेले सांसदलाई नीति निर्माण ध्यान दिने भन्दा पनि आफ्नो क्षेत्रको विकासको लागि मतदाताहरू आग्रह गरेको बताए । भण्डारीसँग लगातार ७ दिन हिँडेका न्यौपानेले मतदाताहरूको साना साना सडक खानेपानी जस्ता समस्या धेरै राखेको रातोपाटीलाई बताए । डा।चन्द्र भण्डारीले अधुरा रहेका ठुला आयोजनाहरू सालझण्डी ढोरपाटन सडक, रुद्र बनी वामीटक्कार, दहरे खोला सडक, रेसुङ्गा तथा रिडीको धार्मिक पर्यटनसँग जोडेर विकास गर्ने बताएका छन् ।

 

स्थानीयवासी के भन्छन्

५१ सालमा तत्कालीन एमालेका सांसद कमलप्रसाद श्रेष्ठको पहलमा चौतारी नेटा भ्याङ्गन रिमुवा सडक सुरु भए पनि अहिले मर्मत सम्भार नहुँदा स्थानीयहरूलाई समस्या रहेको छ । सडक स्तरोन्नति लागि पटक–पटक आग्रह गरे पनि ध्यान दिइएन । अर्कोतिर रानी वास काउलो रिमुवा सडकतिर धेरै बजेट पर्ने गर्दा पुरानो चौतारी नेटा भ्याङ्ग रिमुवा सडक ध्यान नदिँदा जनतालाई समस्या परेको छ । ठुला ठुला गफभन्दा पनि नेताहरूले साना साना समस्या समाधान तर्फ ध्यान दिनुपर्छ ।

अमर सिंजालीमगर, रिडी बजार

 

रिडीको व्यापार पछिल्लो समय घटेकोले रुरु क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ । यहाँको बजार चलायमान बनाउनको लागि कुनै न कुनै रूपमा उम्मेदवारहरू पहल गर्नैपर्छ । पुरानो व्यापारी केन्द्र रिडीमा व्यापार राम्रो नहुँदा व्यापारीहरू पलायन हुने अवस्था आएकोले रोक्नको ध्यान दिनुपर्छ । जुन दलका उम्मेदवारले जिते पनि यहाँको विकासमा ध्यान दिनुपर्छ ।

 

 

दलहरूको धेरै घोषणापत्र आएपछि व्यवहारमा युवा तथा व्यापारीहरूको समस्या सम्बोधन गर्ने खालमा नीति कम आएर नै आज धेरै युवाहरू विदेश जानु परेका छन् । युवाहरूलाई स्वदेशमा रोजगारी दिने नारा भए पनि अझै समस्या उस्तै छ । दैनिक रुपमा युवाहरू अरब खाडी पसिना बगाउने वाध्यता छ । यही काम गर्ने वातावरणको राज्यले ध्यान दिनुपर्छ ।

व्यापारीको राम्रो नीति नहुँदा निरन्तर आर्थिक व्यापार घाटा देखिन्छ । युवा र व्यापारी वर्गलाई समेटेर आउने दलले जित्ने छ । अर्कोतिर दलको घोषणा गरेका नीतिहरू कार्यान्वयन गर्न पनि सक्नु पर्छ । तर दलहरूको घोषणा कार्यान्वयन नहुँदा समस्या देखिएको छ ।

 

मङ्सिर ४ पछि अस्थिर सरकार नबन्ने गरी जनताले मत राख्नुपर्छ । देशमा अस्थिर सरकार बन्दा राष्ट्रिय मुद्दाहरू कमजोर बनेका छन् भने विकास पनि फड्को मार्न सकेको छैन । जिल्लाको विकास सँगै राष्ट्रिय मुद्दा पनि ध्यान दिने गरी प्रतिनिधि सभामा उम्मेदवार जानुपर्छ । गुल्मीको विकास गरेर नमुना जिल्ला बनाउनको यहाँको कृषि नीति,रेसुङ्गा र रुरुलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने नीति ल्याउनुपर्छ । अर्कोतिर अब साना कामहरू स्थानीय तह र प्रदेशबाट हुने भएकोले प्रतिनिधि सभामा जाने उम्मेदवार राष्ट्रियता र ठुला आयोजना जस्तै गुल्मीको हकमा विमानस्थल चलाउने, सालझन्डी ढोरपाटन सडक र काली गण्डकी कोरिडोरलाई पुरा गर्ने नेतृत्व चाहिएको छ । युवाहरूलाई स्वरोजगार बनाउनको लागि तीनै तहका सरकार मिलेर अगाडि जानुपर्छ ।

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad