रणवीर र आलियाको छोरीलाई भेट्न रोक

गत ६ नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमाबाबु बनेपछि कपुर परिवारमा खुसियाली छाएको छ । आलिया बिहीबार मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुगेकी छन् ।

आलिया र रणवीरकी छोरीलाई भेट्न कैयौं पाहुना अस्पतालमा पुगे पनि उनीहरूलाई छोरीलाई भेट्न प्रशासनले अनुमति दिएन । कपुर परिवारले छोरीको तस्बिर कसैले खिच्न नपाउन् भनेर यो निर्णय लिएका हुन् ।

‘रणवीर र आलिया आफ्नी छोरीको तस्बिर इन्टरनेटमा नआओस् भन्ने चाहन्छन् । छोरी अहिले सानी भएकीले उनलाई इन्फेक्सनको खतरा पनि उत्तिकै छ । त्यहीकारण पाहुनालाई छोरीसँग भेट गर्न रोक लगाइएको छ । प्रत्येक पाहुनालाई कोभिड–१९ नेगेटिभ सर्टिफिकेट देखाउन पनि सम्भव छैन । यो राम्रो पनि हुँदैन’, कपुर निकट स्रोतले भनेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै