Advertisement
विज्ञापन

खेती गर्न लाग्यो मल हुँदैन, कसलाई भोट दिएर के हुन्छ ?



Advertisement
विज्ञापन

काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्ताबेसी बजारमा हरेक दिनजसो कुनै न कुनै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आएर कोणसभा गर्ने गरेका छन् ।माथिल्लो पहाडी भेगको मुख्य बजारको रुपमा रहेको कुन्ताबेसीमा मानिसहरुको आवतजावत पनि बाक्लो हुने भएका कारण त्यस आसपासका गाउँबस्तीमा घरदैलो गरेपछि उम्मेदवाहरुले साँझपख बजार छेउमा कोणसभा गर्ने गरेका छन् ।

 


Advertisement
Advertisement
Advertisement

घरदैलो,कोणसभा र ¥याली गर्दै घर घरमा पुगेर भोट माग्ने क्रम बढेपनि जनता भने उनीहरुले केही गर्छन् भन्ने कुरामा आशावादी देखिएनन् ।​कुन्ताबेसी बजार काभ्रे क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । यहाँपनि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारको कामलाई व्यापक बनाएका छन् । एमाले नेता गोकुल बास्कोटा अघिल्लो पटक विजयी भएको क्षेत्र र अहिले सत्ता गठबन्धनका उम्मेदवार शिव हुमागाईसँग बास्कोटा नै प्रतिस्पर्धी भएका कारण यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ । यो क्षेत्रमा चलचित्र मनोज पण्डितपनि स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन् ।

 

चुनावका बेला भोट माग्न आउने र त्यसपछि फेरि फर्केर नआउने,कृषक बाहूल्य रहेको काभ्रेमा खेतीपाती गर्न रासायनिक मल नपाउने,खानेपानी,बाटोको समस्या जस्ताको तस्तै रहेको सो क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।

मण्डनदेउपुर कुन्ताबेसीकी शारदा पौडेलले गाउँघरमा चुनावी चहलपहल बढेपनि जनता भने निराश रहेको बताइन् ।

उनले भनिन्, ‘चुनावको बेला यो गर्ने,त्यो गर्ने भन्छन् । चुनाव सकिएपछि मुख देखाउन आउने पनि होइनन् । कसैले केही गरेका पनि छैनन् । यो ठाउमा पानीको समस्या छ । ‘एक घर एक धारो’ नाराका साथ वितरण गरिएको पानी एकदिन आए अर्काेदिन आउँदैन । बाटो,खानपानी लगायतका समस्या जस्ताको तस्तै छ ।’

चुनाव जितेका नेताले केही काम नगरेकोले चुनाव र नेताप्रति विश्वास कम हुँदै गएको उनले बताइन् । जनतालाई केही गर्लान् भन्ने आश मरेको उनले बताइन् ।

मण्डनदेउपुर नगरपालीका वडा नम्बर ७ का स्थानीय सीताराम दुलालले पनि चुनावपछि नेताले केही गर्लान् भन्ने आशामा नरहेको बताए ।

उनले भने, ‘चुनाव त राम्रो लागेको छ । यहाँ पैसाको खेल पनि हुने देखेको छु । विकासप्रेमी र स्वच्छ छवि भएको नेताको चाहाना यो स्थानका मानिसको छ । यस अगाडि जित्नेले पनि राम्रो काम गरेको छैन । जितेर जानेले यो पनि मैले गरेको त्यो पनि मैले गरेको,यो गर्न दिएनन् । त्यो गर्न दिएनन् भनेका छन् । तर प्रष्ट कुरा गर्न सकेका छैनन् ।’

उनले विकसित मुलुकमा डाक्टर,इन्जिनियर,पाइलट लगायतका मान्छे राजनीतिमा आउने र उनीहरुले देश बनाउने भएपनि नेपालमा सक्षम नेता नभएको बताए । नेपालमा जनताले पनि राम्रो,को नराम्रो नेता हो चिन्न नसक्ने र नेताबाट कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको उनले बताए ।

कुन्ताबेसी,काभ्रेकी लिला पराजुलीलाई पनि चुनाव खासै लागेको छैन । चुनावको बेला मात्र आउने अघिपछि नआउने नेताले विकास गर्न नसक्ने उनले बताइन् ।

पराजुलीले भनिन्, ‘यहाँ खानेपानी,स्वास्थ्य अस्पताल लगायतको समस्या छ । मोटरबाटो पनि कतिपय स्थानमा कालोपत्रे गर्नुपर्नेछ । हरेक पटक चुनावमा यहाँ खानेपानी,मोटरबाटो,स्वास्थ्य नारामा बन्छ । चुनाव जितेपछि भने सबैकुरो बिर्सिन्छन् । अहिले आलु रोप्ने बेलामा मल छैन । मकैको समय पनि त्यस्तै भएर आम्दानी भएन । जो आएपनि हामी जस्ता जनताको समस्या समाधान गर्ने रहेनछन् ।’

मन्डनदेउपुर नगरपालिका रातोपैरोका सरोज तामाङ राजनीतिक दलका नेताप्रति भरोसा नभएको बरु स्वतन्त्र उम्मेदवारले केही गर्छ कि भन्ने आश राखेको बताउँछन् ।

 

उनी भन्छन्, ‘नेताहरु भोट चाहियो भन्दै आएका छन् । सबै देश बनाउँछु भन्छन् बनाउने कसले ?हामीले बुझ्न सकेको छैन । अहिलेसम्म म स्वतन्त्र छु । भोट पनि स्वतन्त्र हाल्छु यो पटक । एमाले,कांग्रेस,नेकपा माओवादी कसैले पनि राम्रो काम गरेको छैन । बालेन शाह,हर्क साम्पाङ जस्ता व्यक्ति स्वतन्त्रबाट उदाएकाले स्वतन्त्रप्रति विस्वास भएको हो । राजनीतिक दलका नेता राम्रो देखेको छैन ।’

मन्दनदेउपुर नगरपालिका वडा नं ७ का कृष्णप्रसाद सापकोटाको घरमा अहिलेसम्म दलका नेताहरु भोट माग्न पुगेका छै्रनन् । उनलाई देशको विकास गर्ने,जनताको हित गर्नेलाई भोट दिन पाए हुन्थ्यो भन्ने लागेको छ तर त्यस्तो नेता पाउन नसकेको उनले बताए ।

उनले भने, ‘स्वतन्त्रबाहेक सबै राजनीतिक दलका नेताहरुलाई देखिसकियो । देश र जनताका लागि खासै केही गरेको देखिएन । पञ्चायत अहिले भन्दा धेरै ठिक थियो । यो मान्छे यो दलको भन्ने विभेद थिएन । राष्ट्रियता भन्ने थियो । अहिले राष्ट्रियताको नाममा देश बेचेर खान लागिसके । बोलीमा सत्यता छैन ।’

सापकोटाले अगाडि भने, ‘सामान्य जनतालाई त अहिलेभन्दा पञ्चायत नै ठिक थियो । पहिले एउटा राजाले खान्थे भने अहिले गाउँनै पिच्छे राजा । चुनावमा उठेको उमेदवार कसैलाई पनि भोट दिउँजस्तो लागेको छैन । नो भोटको सिस्टम ल्याए हुन्थ्यो । यो सिस्टम आयो भने नो भोटमा जनता धेरै हुन्छन् भनेर नल्याएका हुन् । जनतालाई दलको आश छैन । कसैले केही भन्नान् की भनेर मात्र  जनता भोट हाल्न जान्छन् ।’

उनले किसानले खेती गर्ने समयमा हरेक वर्ष मलको समस्या भोग्नुपर्ने बताए ।

यस्तै सोही क्षेत्रमा दीपक गौतम पनि नेताहरु भोट माग्न आइरहेपनि सक्षम नेता नभएको बताउँछन् । उनले भने, ‘सक्षम भन्दा पनि पहिलेका नेता दोहोरिएका छन् । भोट हाल्नलाई खोजेजस्तो नेता अहिलेसम्म पाएको छैन । आफूलाई मन नपरेपनि भोट त हाल्छु । सकभर राम्रो नेता छान्ने प्रयास गर्ने हो ।

यस्तै सूर्यप्रसाद डोटेल यो पटक भोट नदिने मनस्थितिमा रहेका छन् ।  उनले भने, ‘यो क्षेत्रमा जसले चुनाव जितेपनि उही हो । स्वतन्त्र हिसावले भन्दा यो पटक म भोटै हाल्दिन । जो नेता भएपनि फरक पर्दैन । हिजो माओवादीमा भोट हालेको व्यक्ति अहिले कांग्रसमा हाल्नु त मैले ?त्यो भएर भोट हाल्दिन भनेको हो । एमालेलाई भोट हाल्न हुन्थ्यो त्यसको समय पनि ठिक छैन । स्वतन्त्र पनि त्यति गतिलो देखिएको छैन ।’

अधिकांश स्थानीयले चुनावमा आउने तर नेता अरु बेला नआउने र भनेका कुरा पूरा नगर्ने भएकोले उनीहरुप्रति आशा गर्न नसक्ने प्रतिक्रिया दिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad