Advertisement
विज्ञापन

बदर मत घटाउन पाल्पामा नमुना मतदान



Advertisement
विज्ञापन

निर्वाचनमा बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान कार्यक्रम गरिएको हो ।

नमुना मतदान कार्यक्रमबाट मतदातालाई मत कसरी खसाल्ने रु कसरी सही मत खसाल्न सकिन्छ रु भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । नमुना मतदानमा ३५ पुरुष तथा २४ जना महिला मतदाता सहभागी भएका थिए ।


Advertisement
Advertisement
Advertisement

यस्तै नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको संख्याका बारेमा समेत जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । नमुना मतदान जिल्लाको अन्य स्थानमा समेत सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

पहिलो चरणको नमुना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो । जिल्लाका मतदाताको अवस्था हेरेर अन्य स्थानमा पनि नमुना मतदान कार्यक्रम हुनेछ । नमुना मतदान कार्यक्रम गरेपछि मतदाता शिक्षा समेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पामा पाँच प्रतिशत बढी मत बदर भएको थियो ।

यस पटक स्थानीय तहमा भन्दा बदर मत कम हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले भने पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयम्सेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad