
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ काे चारिखाेलामा लामो समय देखि बन्द रहेको हाटबजार आज देखि सञ्चालन भएको छ । बैशाख देखि बन्द रहेको हाटबजार आज रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सञ्चालन भएको जानकारी दिएका छन् ।
निजि क्षेत्रसँगकाे समन्वयमा हाटबजार सञ्चालन भएको हाे ।
लामो समय देखि हाटबजार बन्द रहदा नगरपालिकाका र अन्य स्थानीय तहका कृषकले तरकारीहरु बारिमा नै कुहाउन बाध्य थिए ।
रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले हाटबजार सञ्चालन भए संगै कृषकलाई निर्धक्क भएर कृषिउपज उत्पादन गर्न आग्रह गरेका छन् । उनले अब निजि क्षेत्र संग समन्वय गरेका कारण अब बन्द नहुने उनले बताए ।