काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।

बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले बताएको छ ।

बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै