Advertisement
विज्ञापन

अन्डरग्राउण्डलाई व्यवसायीक प्रयोजनमा लगाउने विरुद्ध पोखराका मेयरको ‘एक्सन’



Advertisement
विज्ञापन

राजेश पराजुली, पोखरा । घर बनाउँदा अण्डरग्राउण्ड पार्किङसहित बनाउने सर्त राखेर बनाएका तर उक्त अन्डरग्राउण्डलाई व्यवसायीक प्रयोजनमा लगाउने घरबेटी विरुद्ध पोखराका मेयर एक्सनमा उत्रिएका छन् ।

यस अगाडि अन्डरग्राउण्डलाई खाली गराएर पार्कीङकै लागि प्रयोग गर्न सूचना निकालेर आग्रह गरेका उनले घरबेटीले अटेर गरेपछि मंगलबार बिहान डोजरसहित पुगेर खाली गराएका हुन् । पहिलो दिन पोखरा–४ र ९ चिप्लेढुंगा, महेन्द्रपुललगायतका क्षेत्रमा खाली गराइएको छ । चिप्लेढुंगास्थित आरके बिल्डिङ, महेन्द्रपुलस्थित बिशाल बजारलगायतका बजारको अन्डरग्राउण्ड खाली गराउन मेयर आचार्यले डोजर लगाएका हुन् ।


Advertisement
Advertisement
Advertisement

चिप्लेढुंगास्थित बिगबजार र गरिमा विकास बैंक रहेको भवनमा पनि डोजर लिएर पुगेका आचार्यलाई घरधनी र व्यवसायीले आफैले हटाउन शुरु गरेको भन्दै केहि समय मागेपछि त्यत्तिकै फर्काएका थिए । तर उनले निश्चित समयमात्र दिन सकिने भन्दै भने’ ‘तपाईंलाई यो पूरै हटाउन कति समय लाग्छ रु २४ घण्टा रु ४८ घण्टा वा ७२ घण्टा रु धेरै दिन हामी दिन सक्दैनौं, रातारात हटाउने हो भने तपाईंलाई एक मौका भो ।’

अन्डरग्राउण्ड खाली गराउन डोजर चलाईएपनि सामान्य रुपमा भत्काएर फर्किएको छ । प्रवेश द्वारमा लेखिएको बजारको नाम रहेको साईनबोर्ड भत्काउनुका साथै प्रवेश क्षेत्रमा सामान्य डोजरले कोतरेर छाडिएको हो । अन्डरग्राउण्ड भित्र रहेका बजार र सामानहरु भने जस्ताकोतस्तै छाडिएका छन् ।

पटकरपटकको सूचनालाई अटेर गर्दै अन्डरग्राउण्ड पार्किङ नहटाएका ठाउँहरुमा महानगरले डोजर चलाएको हो । डोजर लिएर पुगेका मेयर आचार्यले घरधनी र व्यवसायीलाई पटकरपटक आग्रह गर्दापनि अटेर गरेकाले डोजर चलाउनु परेको जानकारी दिए । ‘पहिले पटकरपटक आग्रह गर्दापनि बेवास्ता गर्नुभयो, सायद पहिलेजस्तै अहिलेपनि केहि गर्दैन भन्ने सोंच्नुभयो होला क्यारे। तर अब त्यस्तो हुँदैन, हामी हाम्रो अभियान सफल बनाएरै छाड्छौं’ उनले भने ।

व्यवसायीले भने महानगरको अभियानमा आफूहरु बाधक नबन्ने बताए । महानगरपालिकाले पोखरामा जनघनत्व र सवारी साधनको चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्ने अभियान सञ्चालन गरेको हो । महानगरको सूचनापछि केहि व्यवसायीले अन्डरग्राउण्ड खाली गराईसकेका छन् भने केहिले अटेर गरेपछि डोजर चलाउन शुरु गरिएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad