गुल्मीबाट अर्घाखाँची जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गुल्मीबाट अर्घाखाँची जाँदै गरेको लु १ ज २६२० नम्बरको जिप सन्धिखर्क नगरपालिका १० माटेमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा छत्रदेव गाउँपालिका वडा नम्बर २ कि रन्जना ताम्राकार, मालारानी गाउँपालीका वडा नम्बर ३ कि निर्माला खनाल, र गुल्मी धुर्कोटका अंकीत कुँवर र विशन कुँवर रहेका छन् ।

घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । रन्जना ताम्राकारलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिपको ब्रेक फेल हुँदा सडकको नालीमा परी सडक मै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १३ जना सवार रहेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार