पाल्पाबाट मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु, २३ घाइते

बुटवल । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस दुर्घटनामा परेकाे छ । आइतबार बिहान ना ६ ख ७५८० नम्बरको बस पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइतेहरूकाे उद्दार गरिएकाे छ ।

प्रहरी चाैकी बुलिङका प्रहरी जवानले दिएकाे जानकारी अनुसार ५ जनाकाे शव भेटिएकाे र अन्यकाे खाेजी कार्य जारी रहेकाे बताए । रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ बस यात्रु मनकामना दर्शनका लागि जाँदै गरेकाे अवस्थामा बस दुर्घटनामा परेकाे हाे । बस सडकबाट झण्डै सय मिटर तल खसेको छ ।

बस कालिगण्डकी किनारमा रहेकाे छ । बसमा रम्भा १ हुँगी अन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए । घटनास्थलमा अहिले प्रहरीले घाईतेहरुको उद्धार गरिरहेको छ । बसमा २८/२९ जना यात्रु रहेकाे बताइएकाे छ । -विस्तृत विवरण आउन बाँकी

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै