Advertisement
विज्ञापन

जसले फेरी फर्काईदिए बर्षौ देखि लुकेको खुसी



Advertisement
विज्ञापन

सागर भण्डारी,गुल्मी ।
बागलुङको निसिखोला गाउँपालिका वडा नं ६ भल्कोटका मन बहादुर बि.कले आफनो ६० वर्षे जीवनकालमा अधिकाशं समय चुहिने घर मुनि बिताए । हिँउद त जसो तसो कट्थ्यो तर बर्खा लागेपछि उनका कयैन रात अनिद्रै बिते । घरभित्रै बसेपनि आकाशबाट पानी परेपछि उनी खुल्ला आकाशमुनी बसेजस्तै हुन्थ्यो । उनले न चुहिने घर नै टाल्न सके न त पटक पटक भत्किएको आफ्नो मन टाल्न नै ।

५ परिवार सहित बस्दै आएका उनी पानी परेपछि जहान सन्तानलाई एकै ठाउँ बटुलेर पानी पर्न रोकिए हुन्थ्यो भन्दै भगवानसगं मनमनै चित्कार गर्थे । शारिरिक रुपमा अशक्त उनी त्यतिबेला खुसी भए जब उनको प्वाल परेको काठको छानो हटाएर घरमा टिनको छानो पर्यो । उनलाई अहिले घाम लागोस् की पानी परोस् आनन्द छ । अहिले न उनको घर चुहिन्छ न त मन नै । “पानी परेपछि कहिले मन सङ्लो पारेर बस्न पाईन् अहिले त खुसी छु” हाँस्दै उनले आफ्नो खुसी व्यक्त गरे ।


Advertisement
Advertisement
Advertisement

उनको मुहारमा लामो समय पछि फेरी मुस्कान फर्किएर आएको छ । यसरी उनको खुसी फर्काएर ल्याईदिने व्यक्ति हुन् लिल बहादुर थापा । बाँके जिल्ला स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा बस्ने थापाले नै उनको घरमा व्यक्तिगत सहयोगमा टिनको छानो हालिदिएका हुन् । हाल नेपाल फर्किएर निसिमै पुगेका थापालाई अगांलो हाल्दै उनले धन्यवाद मात्र दिएनन् फुल माला नै लगाईदिए । आफ्ना हश्र्राषु निकाले ।

सानै उमेरमा बिहे गरेकी सोही ठाउँकै सिमा विश्वकर्माका श्रीमान पनि कमाउलान भन्ने बेलामा विस्तारामा थलिए । दैनिक मजदुरी गरेर भएपनि एक छोरा र श्रीमती सहित परिवारको जिविका चलाएका श्रीमान थलिएपछि सिमा माथि बज्रपात पर्यो । काठले बारेको सानो छाप्रोमा कष्टकर जीवन बिताएकी सिमाले स्थानीय सरकारलाई पनि घरमा टिनको छानो हालिदिन हार गुहार गरिन् । तर सहयोग भने पाईनन् । अहिले सिमाको खुसी पनि फर्किएको छ । घर टिनले छाईन् । समाजसेवी लिल बहादुर थापाले नै उनको घरमा पनि टिनको छानो हालिदिए ।

मध्यपहाडी लोकमार्गसगं जोडिएको भल्कोटको बाटो भएर करोडौँका गाडी चढेर मानिसहरु आवतजावत गर्छन् । दैनिक सयौँ संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु त्यही बाटो भएर रुकुम घुम्न र मनोरञ्जन लिन पुग्छन् । तर कसैले उनीहरुको अवस्था बारे न त बुझ्ने कोशिस गर्छन् न त सहयोग नै । तिनै चिल्ला गाडी र चिल्ला मान्छे हुँईकिने ठाउँका भल्कोटेहरुको जीवनस्तर भने भुँईमान्छेको जस्तो छ । ती भुँईमान्छेका भुँईकथा र दुःख व्यथा भने कसैले देख्दैन् । उनीहरुका दुःख र कथा व्यथामा मल्हम लगाउन कोशौँ टाढाबाट बरु उनै थापा टुप्लुक्क आईपुगे ।

उमेरले ७० पुग्न लागेका भल्कोटका खड्क बहादुर विश्वकर्मा श्रीमती हस्तमला सहित जगंल छेउमा बस्छन् । टुक्रुक्क सानो झुपडीमा यी बुढाबुढीलाई बिहान बेलुका चुल्होमा के बाल्ने भन्ने चिन्ता छ । तन्नेरीमा निमेक गरेर परिवार चलाएका खड्कलाई बुढेसकालले छोएपछि न परिवार पाल्ने प्रशस्त अन्न छ न गरिखाने खेतबारी नै । गहभरी आँसु निकाल्दै उनले भने – “खान पुग्दैन्,बुढो भनेर कसैले काम दिँदैनन्, कहिलेकाही यत्तिकै थाल चाटेर बस्नुपर्छ ।” उनीहरुको कथा व्यथा समेटेर पत्रकार दिपक नेपालीले जिटिभि नेपाल मार्फत कार्यक्रम सघंर्षका कथामा कार्यक्रम प्रशारण गरेपछि अहिले उनीहरुका खुसीका दिन फर्किएका छन् । खड्क दम्पतीको चुल्हो बाल्न उनै समाजसेवी थापा टुप्लुक्क आईपुगेका छन् । थापाले थुप्रै पटक यो परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । अहिले भने उनी खुसी देखिन्छन् ।

यी केही उदाहरण मात्रै हुन् उक्त गाउँका दर्जनौँ बिपन्न र दुखी गरिब र असहायहरुलाई लिल बहादुर थापाले सहयोग गरेका छन् । थुप्रैको अनुहारमा खुसी छाएको छ । थुप्रै आर्थिक अभावमा उपचार नपाएकाहरुले अस्पताल देख्न पाएका छन् । उनीहरुका लागि पुर्नजन्म जस्तै भएको छ ।

समाजसेवी थापाले उक्त वडा भित्र रहेका ८ परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । थापाले जिटिभि नेपाल अनलाईनबाट भिडियो सामाग्री प्रशारण भएपश्चात उनीहरुलाई सहयोग गरेका हुन् । आफै उक्त ठाउँमा पुगेर थापाले चामल, नुन, तेल, मसला तथा लत्ता कपडा लगायत झण्डै १ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।

नजिकिँदै गरेको नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा खुसी बोकेर थापा पुगे । हुने खानेहरुलाई चाड मनाउने पिरलो रहन्न, बरु चाडवाडको दिनमा पनि के खाने भनेर पिरोलीएकाहरुलाई थापाले तिहार कोशेली बोकेर गाउँगाउँमा पुगे ।

सहयोग हस्तान्तरण गर्दै थापाले आफुले युट्युबमा यहाँका नागरिकहरुको जीवनस्तर देख्दा पटक पटक पिरोलिरहने बताए । चाडवाडमा थोरै भएपनि यी परिवारलाई सहयोग होस् भन्ने हेतुले आफुले सहयोग सामाग्री दिएको भन्दै थापाले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय देविराम विश्वकर्माले भौगोलिक रुपमा पछिल्लो समय केही सुगम भएपनि नागरिकको अवस्था भने ज्यू का त्यू रहेको बेला विदेशमा १९ घण्टा काम गरेर दुर दराजका गरिबहरुलाई सहयोग गरेको भन्दै लिल बहादुर थापा प्रति धन्यवाद व्यक्त गरे । उनले आफ्नो जस्तो विकट क्षेत्रका नागरिकका लागि कोही सहयोग गर्ने व्यक्ति आउला भनेर कल्पना पनि नगरेको बताए ।

त्यस्तै विमला पटेलले नेपालमा थुप्रै सघंसंस्थाहरुले सहयोग गर्ने गरेको सुनेपनि यसरी व्यक्तिगत रुपमा परदेशमा कमाएको पैसा नेपालका दिनदुःखीहरुलाई सहयोग गरेको भने आफुले पहिलो पटक थाहा पाएको बताईन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad