Advertisement
विज्ञापन

जन्मदिनको अवसरमा वृद्व तथा अनाथ बालबालिकालाई बलाङकेट वितरण



Advertisement
विज्ञापन

बुटवल अर्घाखाँची जिल्लाको शितगङगा नपरपालिका मा जन्म भई हाल अध्ययन तथा रोजगारिको शिलशिलामा बुटवल बस्दै आयका सानै देखि समाजसेवी भावना बोकेका समाजसेवी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रदेश प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका सचिव प्रदिप घर्तिमरले एक औेपचारिक कार्यक्रमका बिच आफ्नो जन्मदिनको अवसरमा वृद्धा तथा अनाथ बालबालिकालाई बलाङकेट वितरण गरेका छन।

 


Advertisement
Advertisement
Advertisement

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघ पुर्ब केन्द्रीय उपाध्यक्ष प्रकाश राना को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समिति सदस्य एवं नेपाली काङ्ग्रेस युवा नेता बिष्णु पोख्रेल , बुटवल उपमहानगर पालिका वार्ड नम्बर १५ वार्ड अध्यक्ष तथा बुटवल उपमहानगर पालिका प्रवक्ता शिव राना , ने म वि संघ केन्द्रीय सदस्य मनिष फालको बिशिस्ट आतिथ्यता रहेको थियो ।

नेपाल मगर विद्यार्थी संघ पुर्ब केन्द्रीय सचिव तेज बहादुर राना ,नेपाल मगर बिद्यार्थी संघ पुर्ब केन्द्रीय सदस्य प्रेम सोमै ,नेपाल मगर विद्यार्थी संघ प्रदेश समिति लुम्बिनी म अध्यक्ष चित्र रोका , नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस सभापति सुरज छेत्री , नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस सभापति महेश पौडेल , नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव राज पोख्रेल , नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पस उपसभापति ॐहरी आचार्य , नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस नेता बिष्णु खनाल , ग्लोवल आवाज मिडिया प्रतिनिधि बसन्त आचार्य लगायत अन्य व्यक्तिहरूको उपस्थितिमा जन्मदिन मनाउनु साथै बलाङकेट वितरण कार्यक्रम सम्पन्न भयको हो । उपस्थित सबैले जन्मदिनको शुभकामना दिँदै जन्मदिनको अवसरमा गरेको यस्तो काम उदाहरणीय रहेको बताय ।

सानैदेखि समाजसेवि भावना मनमा जागृत भयको र समाजेवि भावनाले ओतप्रोत आफ्नो भावनाले जन्मदिनको अवसरमा उक्त सहयोग हस्तान्तरण गरेको र आगामी दिनहरूमा पनि समाजसेवा गर्ने प्रदिप घर्तिमगर ले बताय ।

यस भन्दा अगाडि पनि प्रदिपले बालबालिका ,अनाथ र वृद्वहरूलाई सहयोग गर्दै आईरहेका छन। मगर विधार्थी सङघ लुम्बिनी प्रदेशको निवर्तमान अध्यक्ष रहेका
उनी हाल नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रदेश प्रतिनिधि , नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सचिव हुन।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रदेश प्रतिनिधि , नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सचिव प्रदिप घर्तिमगरको अध्यक्षतामा सम्पन्न भयको कार्यक्रमको सञ्चालन नेपाल मगर विद्यार्थी संघ रुपन्देहीअध्यक्ष
रमेश सारुले गरेका थिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad