कांग्रेसका भातृसंघको बैठक सम्पन्न, निर्वाचन लक्षित हुन कांग्रेस अर्घाखाँचीको निर्देशन

अर्घाखाँची । नेपालि काँग्रेसका बिभिन्न भातृ संगठनहरुको बैठक सम्मपन्न भएको छ । नेपालि कांग्रेसको निर्देशन अनुसार बिपि स्मृति भवन सन्धिखर्कमा नेपाल बिद्यार्थि संघ, नेपाल महिला संघ र नेपाल दलित संघको जिल्ला बैठक सम्पन्न भएको हो ।

बैठकले मंसीर ४ गते हुन गईरहेको आम निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आ–आफ्नो स्थान र संगठनबाट लागि पर्ने निर्णय गरेको छन् । साथै सबै भातृ संगठनले ६१ वटै वडामा प्रतिनिधि परिचालन गरी निर्वाचन लक्षित कार्यक्रम गर्ने छ ।

जिल्ला पार्टिको तर्फबाट पार्टि सचिव कृष्ण खनालले अर्घाखाँचीको बिकास र समृद्धिको लागि गठबन्धनले जित्नै पर्ने आबश्यकता रहेकोले आ–आफ्नो स्थानबाट सकृय रुपमा लाग्न निर्देशन दिएका छन् । सोही बमोजिम जिल्लामा निर्वाचन लक्षित कार्यक्रम तिब्र रुपमा हुनेछन् ।

अर्घाखाँचीमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा पुष्पा भुसाल गौतम, प्रदेश क मा सागर केसी र ख मा कमल प्रसाद भुसाल उम्मेद्वार रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार