Advertisement
विज्ञापन

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने



Advertisement
विज्ञापन

दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो ।

नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण गर्न लागेको टेलिभिजन संचालक संस्था डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली फिल्म टेलिभिजनमा प्रशारण गर्न लागिएको हो । टेलिभिजन हेर्ने दर्शकले नयाँ फिल्म घरमै बसेर निःशुल्क हेर्न पाउन् भन्ने उदेश्यले दीपावलीबाट यो प्रदर्शन सुरु गर्न लागेको हो ।

प्रदर्शनको सुरुवात फिल्म ‘लप्पन छप्पन २’ बाट हुँदैछ । केही महिना अगाडि हलमा प्रदर्शनमा आएको यो फिल्म विदेशका कतिपय देशमा अझै प्रदर्शन बाँकी छ । फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad