Advertisement
विज्ञापन

गुल्मीमा ३५ मतदानस्थल अति संवेदनशील



Advertisement
विज्ञापन

गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील रहेका छन्।मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा रहेका छन् ।

विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए


Advertisement
Advertisement

उहाँका अनुसार यस जिल्लामा तोकिएका १४२ मतदानस्थलमध्ये ३५ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। त्यस्तै, ६७ मतदानस्थललाई संवेदनशील र ४० मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको उनले बताए ।

दुई नगरपालिका र १० गाउँपालिका गरेर १२ स्थानीय तह रहेको यस जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता सङ्ख्या कायम भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement