Advertisement
विज्ञापन

तलब नदिईएको भन्दै सर्देवास्थित सिजि कम्पनीमा तालाबन्दी



Advertisement
विज्ञापन

पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरास्थित सर्देवामा सिमेन्ट उत्पादन गर्ने गरि काम गरिरहेको चौधरी ग्रुपले कामदारलाई तलब नदिएको भन्दै कम्पनीमा तालाबन्दी गरिएको छ । दुई महिनादेखि तलब नदिएको र चार्डपर्वको समयमा कम्पनीले काम गरेको पैसा दिन नमानेको भन्दै कामदारले दुई दिनदेखि कम्पनीमा तालाबन्दी गरेका हुन् ।

कामदारले आफ्नो श्रमको ज्याला नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय समेत रहेका आन्दोलनकर्मी हेमन्त नेपालले बताए । सेतोमसीसंग कुरा गर्दै उनले भने, हामीले काम गरेको तलब पाउनुपर्यो, चार्डपर्वको मुखमा कम्पनीले तलब रोकेर अमानवीय कार्य गरेको छ स्थानीय स्तरमा यति ठूलो कम्पनी आएको छ, रोजगार पाईएको छ यसरी आन्दोलन गरेर लगानीकर्तालाई असहयोग गर्दा फाईदा होला र भन्ने सेतोमसीको प्रश्नमा नेपालले आफुहरूले कम्पनीलाई सहयोग गर्दै आएको र भोलिपनि सहयोग गर्ने बताए । उनले भने, कम्पनीले खोलो मिच्दा समेत हामी बोलेका छैनौं, स्थानीयको घरमा जाने पानीको स्रोत कम्पनीमै सिमित गर्दा समेत मौन बसेका हामीले असहयोग गरेको भन्ने सवाल नै आउँदैन । हाम्रो सवाल मात्रै काम गरेको पैसा पाउन पर्यो भन्ने हो ।


Advertisement
Advertisement
Advertisement

यता कम्पनीको भनाइ भने फरक छ । कम्पनीका प्रोजेक्ट म्यानेजर यसपाल शर्माले कामदारको पैसा बाँकी नरहेको र केही बाँकी भएको भएपनि केही दिनमा मिलाउने दावी गरे ।उनले भने, हामीले ३१ करोड रकम भुक्तानी दिईसकेका छौँ ।

हामीले सम्झौता गरेको कम्पनी आयोकी फेब्रीकेट हो र उसले पैसा लगिसकेको छ, फेरि पनि केही बाँकी रहेछ भने हामी मिलाउँछौं।ु उनले अगाडि भने, तपाईंलाई थाहा नै छ बैंकिङ ुलोनु को प्रक्रियाले गर्दा समयमै पैसा नआएर पनि समस्या देखिएको छ ।ू

तर, आन्दोलनकर्मीहरूले भने कम्पनीले ठेकेदार कम्पनीलाई पैसा नदिएको हुनाले आफुहरूले पैसा नपाएको बताएका छन् ।

१३ अर्ब ७६ करोड कुल लगानीको उक्त कम्पनीमा ११ अर्ब ५० लाख बढी लगानी भैसकेको कम्पनीले जनाएको छ । कम्पनीमा नेपाली र बिदेशी गरि विभिन्न तहमा ७ सय बढी कर्मचारी कार्यरत छन् । तीन बर्ष अघि सुरु भएको प्रोजेक्ट अन्तिम अवस्थामा पुगेको र ुपावर प्लाण्टेसनु पछि उत्पादन सुरु हुने प्रोजेक्ट म्यानेजर यसपाल शर्माले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad