Advertisement
विज्ञापन

बिग मर्जर नीतिको प्रभाव स् बैंकको संख्या घट्दो, पुँजीकोष बढ्दो



Modern city, town street flat vector with low-rise houses, commercial, public buildings in various architecture styles, sidewalk with city lights and road illustration. Metropolis outskirt background
Advertisement
विज्ञापन

नेपाल राष्ट्र बैंकले लिएको बिग मर्जर नीतिले बैंकहरुको संख्या कम र पुँजीकोष वृद्धि हुन थालेको छ । पछिल्लो समय बढ्दो बैंक मर्जरको लहरले अबको केही महिनाभित्रै वाणिज्य बैंकहरुको संख्या घटेर २१ मा झर्नेछ । कुनै समय ३२ वटासम्म वाणिज्य बैंक रहेकोमा सो संख्या घटेर अहिले २६ वटामा झरिसकेको छ । थप १० वटा बैंकहरु मर्जरको लाइनमा छन् ।

ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक, कुमारी बैंक, प्रभु बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक सिभिल बैंक निकट भविष्यमा नै मर्जरमा जाँदैछन् । यी १० वटा बैंकहरु एक आपसमा मर्जर तथा एक्वीजीसन हुने तयारी छ । यसपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्नेछ ।


Advertisement
Advertisement
Advertisement

मर्जर र एक्वीजीसन प्रक्रियामा रहेकामध्ये नेपाल इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंक, ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाडू र कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाँदैछन् । यस्तै, हिमालयन बैंकले सिभिल बैंकलाई अक्वायर गर्न लागेको छ भने प्रभु बैंकले सेन्चुरी बैंकलाई अक्वायर गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

यसअघि नै नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई अक्वायर गरेको थियो । बैंकहरू एकपछि अर्को गरी मर्जर तथा एक्वीजीसनमा जान थालेपछि अन्य बैंकहरुलाई समेत दबाब पर्न थालेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या कम गर्नको लागि मर्जर तथा एक्वीजीसनलाई दबाब दिँदा बैंकहरुले चाहेर वा नचाहेर पार्टनर खोज्न बाध्य छन् । वाणिज्य बैंकहरुको संख्या १५ वटाको हाराहारीमा राख्ने केन्द्रिय बैंकको अघोषित नीति छ ।
केही महिनाअघि मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको बजार सर्वेक्षणमा नेपालमा १२ देखि १५ वटा मात्र वाणिज्य बैंक भए पुग्ने अभिमत प्राप्त गरेको थियो । सोही रिपोर्ट पश्चात बैंकहरुमाथि मर्जरको थप दबाब परेको हो ।

  • २१ वटा बैंक, ६ खर्ब ९२ अर्बको पुँजीकोष

वाणिज्य बैंकहरुको संख्या कम हुँदै गएपछि बैंकहरुको पुँजीकोष भने बढ्दै गएको छ । अहिले मर्जरमा गएका र मर्जरमा जाने सम्झौता भएका समेत गरी वाणिज्य बैंकहरुको संख्या २१ मा झर्ने देखिएको छ । वाणिज्य बैंकको कुल पुँजीकोष भने गत असार मसान्तमा नै ६ खर्ब ९२ अर्बमाथि पुगिसकेको छ ।

केन्द्रीय राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्ममा कायम २७ वटा वाणिज्य बैंकको कुल पुँजी कोष ६ खर्ब ९२ अर्ब ८९ करोड ७ लाख रुपैयाँ रहेको छ ।

मर्जर/एक्वीजीसनमा रहेका बैंकको हुने पुँजीकोष (रकम रु.१० लाखमा) 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad