धुर्कोटको विचित्र गुफाका लागि लुम्बिनी प्रदेश सरकारद्वारा एक करोड बजेट

तस्विर नयाँ पत्रीका दैनिक

गुल्मी ।गुल्मीको धार्मिक क्षेत्र विचित्र गुफाको संरक्षण र पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारबाट एक करोड रकम विनियोजन गरिएको छ । प्रदेश सरकारको पर्यटन ग्रमिण तथा सहरी विकास मन्त्रालयबाट तत्कालाई एक करोड विनियोजन भएको र डिपिआरका लागि थप ९ करोड रुपैयाँ विनियोजन गर्ने मन्त्री डिल्लीबहदुर चौधरीले बुधबार निर्णय गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले जानकारी दिए ।

केहि दिन अघि लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदको नेतृव्वमा पर्यटन पत्रकारहरुको टोली गुल्मीको रिडी, रेसुङ्गा, विचित्र गुफा सहित विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भाव्यता अध्यान गर्न आएको थियो । सोही टोलीको नेतृत्व गरिरहेका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोसी सहितको टोली बुधवार मन्त्री चौधरीलाई अध्यान प्रतिवेदन पेश गर्न पुगेको थियो । त्यस बेला विचित्र गुफाको लागि तत्काल १ करोड र डिपिआरका लागि थप ९ करोड सहित १० करोडको योजना उपलब्ध गराउने मन्त्री चौथरीबाट निर्देशन भएको प्रेस संयोजक घिमिरेले बताए ।

त्यस टोली मै आएका पत्रकार यमलाल भुसालले विचित्र गुफाको विकासका लागि तत्काल एक करोड रकम पर्नुले अध्यान भ्रमण सफल रहेको महश्ुस भएको बताए । यता मन्त्री चौधरीको उक्त निर्णयले विचित्र गुफा संरक्षण समितिमा खुशीयाली छाएको समितिका अध्यक्ष युवराज भण्डारीले प्रतिकृया दिए । उनले भने–‘ केहिदिन अघि एक टोली सम्भाव्यता अध्यानमा आएको र आफुहरुले विचित्र गुफाको पर्यटन विकासका लागि विभिन्न कुराहरु राखे अनुसार आज करोडौं रकम विनियोजन भएको सुन्दा हामीमा खुशीयाली छाएको छ र अब प्रदेश सरकार पनि विचित्र गुफाको विकासमा साँझेदार बन्ने भयो भन्ने कुराले गर्व लागेको छ।’
स्रोत ग्लोबल आवाज डकटम

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार