Advertisement
विज्ञापन

परिवार योजना सेवाका बर्तमान अवस्था र चुनौतीको बिषयमा बिद्यार्थीबीच अन्तरक्रिया



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा बिद्यार्थीका बिच परिवार योजना सेवाका बर्तमान अवस्था र चुनौतीको बिषयमा अन्तरक्रिया गरिएको छ।

नवौं राष्ट्रिय परिवार योजना दिवस र नेपाल परिवार नियोजन संघको स्थापना दिवसको अवसरमा ूव्यवस्थित परिवार हाम्रो अधिकार , हामि सवै जिम्मेवार ू भन्ने मुल नाराका साथ रियाले माध्यमिक बिधालय मदाने गाउँपालिका वडा नम्बर ३ का १०, ११ र १२ का बिद्यार्थीहरुका माझ एक कार्यक्रमका विच प्रशिक्षण सम्पन्न भएको हो।


Advertisement
Advertisement
Advertisement

परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन कण्डम,पिल्स, डिपो, ईन्प्लान्ट र आईयुसिडी स्थानिय रुपमा पर्योग गर्ने गरेको सिर्सेनी स्वास्थ्य चौकि प्रमुख अर्जुन भण्डारीले बताए ।

स्थानियमा साधनको ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलसम्म नपुग्नु, समाजिक मान्यता, अन्धविश्वास जस्ता कुराले सेवा को उपयोगमा कमि आएको हुनसक्ने उनले बताए ।

वर्तमान अवस्थामा सुरक्षित मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको पनि उनले बताए । पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन । साधनहरु उपलब्ध भएपनि साधनहरु कम प्रयोग गरिएको पाईएको छ ।

यसको लागि सुरक्षित गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा अपनाईएको हुन सक्ने र यो विषयलाई सरोकारवालाहरुले गम्भीरतापूर्वक लिनुपर्ने अवस्था रहेको उनले बताए ।

कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा विध्यार्थिहरुलाई डेङ्गु रोगको वारेमा समेत जानकारी गराईएको थियो । सिर्सेनी हेल्पोष्टका अहेव सजुना भुजेलले सञ्चालन गरेको कार्यक्रममा विषयवस्तु माथीको छलफल हेल्थपोष्ट ईन्चार्ज अर्जुन भण्डारीले गरेका थिए ।

विध्यालयका प्रधानाध्यापक देवि बहादुर घर्तीको सहजिकरण गरेको कार्यक्रममा वडा नम्बर ३ सिर्सेनीका वडाध्यक्ष चेतवहादुर सेन को विशेष सहयोगमा सम्पन्न भएको हो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad