Advertisement
विज्ञापन

संविधान दिवसकाे अवसरमा बुटवल बहुमुखी क्याम्पसमा दिप प्रज्वलन



Advertisement
विज्ञापन

नालीबेली न्युज डट कम ।

नेपाल विधार्थी सङघ बुटवल बहुमुखी क्याम्पस सह- ईकाई समितिकाे आयाेजनामा संविधान दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भयकाे छ।


Advertisement
Advertisement
Advertisement

नेपाली काङ्ग्रेस युवा नेता नेविसंघ पुर्व केन्द्रीय
उपाध्यक्ष मुक्तिराज पाैडेल काे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेविसंघ बुटवल बहुमुखी क्याम्पस सचिव प्रदिप घर्तिमगर ,उपसभापति कृष्ण खनाल,गुल्मी रूपन्देही सम्पर्क समिति का सभापति विष्णु घिमिरे , नेपाली काङ्ग्रेस मालारानी गाँउपालिका उपसभापति प्रदिप कुमार विश्वकर्मा अतिथि रहेका थिए।

प्रमुख अतिथि नेविसंघ पुर्व केन्द्रीय उपाध्यक्ष मुक्तिराज पाैडेलले मैनमा दिप प्रज्वलन गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा बाेल्दै नेपाली काङ्ग्रेस युवा नेता नेविसंघ पुर्व केन्द्रीय उपाध्यक्ष मुक्तिराज पाैडेलले नेपाली जनताले नेपालको संविधानको ८ ओैं वार्षिकोत्सवको यस शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे उनले भने आफैबाट निर्वाचित प्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना २०७२ सालकाे संविधान मार्फत पूरा भएकाे र नेपाल सरकारले असोज ३ लाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरेको उनले बताय ।

कार्यक्रमका सभापति समेत रहेका नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति ऋषि भण्डारीले उक्त कार्यक्रममा बाेल्दै यस अवसरमा सर्वप्रथम यो संविधान हासिल गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गरे ।

उक्त कार्यक्रममा बुटवल बहुमुखी क्याम्पस का लाेकप्रिय विधार्थी नेताहरू सागरपाैडेल ,नवराज गाैतम , सागर पन्थि, सागर भण्डारी , माधव के. सी , विनय आर्चाय ,सुरज पन्थि,निरज शर्मा ,श्रीधर ज्ञवाली ,विपिन पाण्डे ,उज्वल कुवँर ,प्रकाश पन्थि लगायत विधार्थी नेताहरूकाे उपस्थित रहेकाे थियाे ।

लाेकप्रिय विधार्थी नेता सागर पाैडेल काे स्वागत मन्तव्य नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति ऋषि भण्डारीकाे सभापतित्वमा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन बुटवल बहुमुखी क्याम्पसका जुझारू विधार्थी नेता उमेश पछाईले गरेका थिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad