गुल्मी बाट नेकपा बहुमत निकट केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ 

तिलाचन पाण्डे,गुल्मी
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा ९बहुमत० निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन् ।
जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रिय महासचिब रुपा बुढामगर सहित झण्डै दुई दर्जन बिद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो ।यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कम उमेरका बिद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताए ।

कम उमेरका बिद्याथीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको खरेलले दाबी गरे
केन्द्रिय महासचिव रुपा बुढा मगर पनि कम उमेरको हो त भन्ने प्रश्नमा उनले बुढालाई सोधपुछका लागि बोलाइएको उल्लेख गरे
अन्य बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सो समूहले यस अगाडि जिल्लामा चन्दा आंतक मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानीमा राखेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै