Advertisement
विज्ञापन

व्यवसायीक बाख्रापालनले आत्मनिर्भर बन्दै गुल्मीका किसान



Advertisement
विज्ञापन

कृष्ण अन्जान, गुल्मी । कालिगण्डकी करिडोरले बिचैबाट छिचोलेर गएको हर्मिचौरको सडक छेउँमै थानेश्वर पाण्डेको घर छ ।
उनी यसक्षेत्रका आशालाग्दा बाख्रा पालक किसान हुन ।

हर्मिचौर पुग्दा पाण्डे आफुले पालेका बाख्राको स्याहारसुसारमा व्यस्त थिए । उनको अत्याधुनिक खोरमा यतिबेला माउ, पाठा, पाठि गरि सत्रवटा खरि र बोएर क्रसजातका बाख्रा छन ।


Advertisement
Advertisement
Advertisement

थानेश्वर पाण्डे जस्तै हर्मिचौरमा धेरै किसान हरुले बाख्रा पाल्न थालेको धेरै वर्ष भईसकेको छ । हिले स्मार्ट बाख्रा पालन समिति बनाएर यो समितिमा करिब साठी घर समेटिएर यतिबेला व्यवसायीक बाख्रा पालन भईरहेको पाण्डेले बताए ।

लुम्बिनी प्रदेश सरकारको कृषि तथा भुमिव्यवस्था मन्त्रालयबाट विनियोजित बजेटले यो क्षेत्रका बाख्रा पालक किसानहरुका लागि खोर निर्माण ,उन्नत जातका बाख्रा वितरण सँगै पानीको व्यवस्थापनका लागि एकहजार लिटरका निर्माण गरिएको छ ।

गाउँभरि दुईचार वटा बाख्रा नपाल्ने त कोहि पनि छैन तर हर्मिचौर गाउँका धुर्वराज पाण्डे, देउमाया थापा ,सुमित्रा पाण्डे, थानेश्वर पाण्डे ,तिलक बहादुर राना लगाएतका किसान हरु व्यवसायीक रुपमा बाख्रापालनमा लागेका किसान हुन ।

हिले स्मार्ट बाख्रा पालन समितिले बाख्रा पालक किसानहरुलाई सँगठित त गरेको छ नै बेलाबेला उन्नत कृषि उपकरण हरुपनि अनुदानमा उपलब्ध गराएको छ ।
यो वर्ष साठी घर बाख्रा पालक किसान हरुका लागि दाना पिस्ने मिल र घाँसकाट्ने मशिन चापकटर उपलब्ध गराएको हिले स्मार्ट बाख्रा पालन समितिका अध्यक्ष समेत रहेका बाख्रा पालक किसान थानेश्वर पाण्डेले जानकारी दिए ।

यो क्षेत्रमा पालिएका बाख्राका लागि प्राविधिक सेवा यस अघि जिल्ला भेटनेरी तथा पशु विकास कार्यलय पाल्पाले हेरेकोमा यतिबेला प्राविधिक सेवा गुल्मीले दिनथालेको छ ।

कालिगण्डकी करिडोरको निर्माण भएसँगै बोका बाख्रा बेच्न पनि सजिलो भएको र गाउँबाट खरिद गरेर नजिकैका बजार पुर्तिघाट, अस्लेवा, मिर्मि, गल्याँगबाट गाउँमै आएर बोको बाख्रा खरिद गर्ने गरेको बाख्रा पालक किसान हरुले बताए ।

खेतिपातिका लागि पनि हर्मिचौर क्षेत्र अत्यन्तै उर्वर रहेको र पछिल्लो चरणमा बाख्रा पालनलाई पनि किसानहरूले व्यवसायीक रुपमा जोडेपछि यो क्षेत्रका किसान हरु आत्मनिर्भर बनेको पाईएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad