Advertisement
विज्ञापन

आजबाट दर्ता नभएका मोबाइल नचल्ने



Advertisement
विज्ञापन

काठमाडौ । आज बाट नेपालमा दर्ता नभएका मोबाइल चल्ने छैनन । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागु गर्ने निर्णय गरेसँगै दर्ता नभएका मोबाइल नेपालमा नचल्ने भएका हुन् ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।


Advertisement
Advertisement
Advertisement

यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतस् दर्ता हुनेछन् भने आज ९बिहीबार०पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि : MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ । मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

विशेषगरी विदेशमा घुम्न गएका नेपालीले ल्याउने मोबाइल, वैदेशिक रोजगारीमा गएकाहरुले फर्किदा ल्याउने फोन, र गैर कानुनी प्रक्रियाबाट आउने चोरीका मोबाइललाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको नेपाल दूर सञ्चार प्राधिकरण स्रोतको भनाई छ । यदि त्यसरी कसैले मोबाइल फोन ल्याएमा भन्सार बिन्दुमा कर तिरेपछि मात्रै चलाउन पाइन्छ ।

यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ । जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad