नेविसंघले गर्याे सिद्वार्थ मा. वि मा ईकाई समिति पुर्नगठन

अर्घाखाँची ।लोकतन्त्र ,समृद्वि ,सुशासन,न्याय स्वतन्त्रता विधार्थीको अधिकार र शैक्षिक बेथिति विरूद्वमा एकजुट विधार्थी नेतृत्व हाम्रो अभियान , भन्ने मुल नाराका साथ मालारानि गाँउपालिका वडा नं ०६ मा रहेको सिद्वार्थ माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको ईकाइ समिती गठन भएको छ।
नेपाली काङ्ग्रेस मालारानी गाँउपालिका उपसभापति गाेपाल जि. सि काे सभापतित्वमा नेविसंघ ईकाई समिति विस्तार कार्यक्रम सम्पन्न भयकाे हाे ।

नेपाली काङ्ग्रेस मालारानि गाँउपालिका सभापति शाेभाखर खनालकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा दिपक खनाल काे सभापतित्वमा ६३ सदस्यीय ईकाई समिती गठन गरिएको हो । उक्त ईकाई समितिमा सभापति दिपक खनाल , उपसभापति सरिता अधिकारी , श्रीधर अधिकारी सचिव असिम क्षेत्री ,अनिता अधिकारी , सह- सचिव पुस्पा अधिकारी दिनेस रागु मगर,काेषाध्यक्ष समीर नेपाली सहित अन्य ५५ सदस्य चयन भएका छन ।

 

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ मालारानि गाउँपालिका गठन प्रतिनिधि तथा व्यवस्थापक उमेश पछाई, नेविसंघ वडा नं ०६ का सक्रिय सदस्यहरूकाे उपस्थित रहेकाे थियाे ।

संयोजक पछाईले जहाँ विधालय , विश्वविद्यालय त्यहाँ नेविसंघ सरल ,सहज र शालिन विधार्थीको शैक्षित हितको निम्ति उत्तरदायी हुनुपर्ने भन्दै वैचारिक र अन्वेषण शक्तिको रूपमा उदाउनुपर्ने बताए ।
देशमा भयका ठुला ठुला अान्दोलन र परिवर्तनकाे नेतृत्व नेविसंघले लियकाे भन्दै अबकाे नेविसंघ सबैकाे अाशा र भराेषाकाे ढुकढुकि बन्नुपर्ने बताय ।

नेपाली काङ्ग्रेस मालारानी उपसभापति गाेपाल जि. सि को सभापतित्वमा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन नेपाली काङ्ग्रेस मालारानी गाँउपालिका उपसभापति प्रदिप कुमार विश्वकर्माले गरेका थिय।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार