Advertisement
विज्ञापन

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो , भारतको निर्णयपछि अझै महँगिने



close up of basmati rice
Advertisement
विज्ञापन

भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘चामलको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढिसकेको छ, भदौदेखि नै मूल्य बढेको हो,’ अध्यक्ष श्रेष्ठले भने । यस्तै, खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पनि चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन् । भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।


Advertisement
Advertisement
Advertisement

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरू भइसकेको बताउँछन् । भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेको उनको भनाई छ । नेपालमा सिमित संख्यामा रहेका थोक व्यापारीले मूल्य बढाउन थालेको र सोही अनुसारको बिल खुद्रा व्यापारीलाई पठाउन सुरु गरिएको उनले बताए ।

‘भारतमा बढ्ने वित्तिक्कै नेपालमा मूल्य बढ्छ, त्यसको गाली हामी खुद्रा व्यापारीले खान्छौं तर, मूल्यमा चलखेले गर्ने व्यापारीको संख्या २५ देखि ३० जनाको मात्रै छ,’ महासचिव तुलाधरले भने । भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता भने भारतले २० प्रतिशत कर बढाएपछि सोही अनुपातमा मूल्य बढ्ने बताउँछन् ।

‘भारतले निर्यातमा प्रतिवन्ध लगाएको होइन, उसले निर्यातमा २० प्रतिशत कर बढाएको मात्रै हो, अब नेपालमा पनि चामलको मूल्य २० प्रतिशतले बढ्छ,’ अध्यक्ष गुप्ताले भने । उनले भदौ महिनामा बढेको चामलको मूल्य खास कारण नभई स्वभाविक मूल्य बृद्धि भएको दाबी गरे । गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष पनि हुन् ।

वियर उद्योग समस्यामा

भारतले धान र चामलको निर्यातमा कर बृद्धि गरेको छ भने कनिका निर्यातमा पूर्णतः प्रतिवन्ध लगाएको छ । भारतको यस्तो निर्णयपछि नेपाली वियर उद्योगहरु समस्यामा पर्ने उद्योगीले बताएका छन् । वियर उद्योगले भारतबाट कनिका आयात गरी त्यसैबाट वियर उत्पादन गर्ने गरेका छन् ।

नेपाललाई कति पुग्दैन चामल 

नेपालमा उत्पादित चामलले आन्तरिक माग धान्न पर्याप्त नहुने तथ्यांकले देखाएको छ । भारतबाट नेपालमा वर्सेनि अर्बौं रुपैयाँ बराबरको धान आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८र७९ मा भारतबाट १७ अर्ब रुपैयाँ बराबरको धान, २९ अर्ब ९कनिकासहित० रुपैयाँ बराबरको चामल आयात भएको थियो । यस्तै, चालू आर्थिक वर्ष २०७९र८० को पहिलो महिना ९साउन० मा १९ करोड रुपैयाँ बराबरको धान र २ अर्ब २१ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष २०७८ मा नेपालमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, २०७७ सालमा ५६ लाख २१ हजार मेट्रिक टन धान नेपालमै फलेको थियो । उक्त मात्रामा धान उत्पादन भएपनि नेपालमा धान र चामलमा भारतसँग निर्भर छ । भारतबाट अर्बौ रुपैयाँको धान, चामल र कनिका आयात हुँदै आएको तथ्यांकले देखाएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकारी डा। प्रदीपचन्द्र भट्टराई धान चामल निर्यातमा कर बढाउने र कनिका निर्यात रोक्ने भारतको निर्णयले नेपालमा दुई थरी असर पर्ने बताउँछन् । भारतको पछिल्लो निर्णयबाट नेपालमा अल्पकालिन र दीर्घकालिन गरेर दुई प्रकारका असर पर्ने उनले बताए ।

‘नेपालमा तत्काल चामलको मूल्य बढ्न सक्छ, तर, दीर्घकालिन रूपमा नेपालमै उत्पादन बढ्न समेत भारतको यो निर्णयले सहयोग गर्न सक्छ,’ डा। भट्टराईले भने । भारतले भदौ २४ गतेदेखि लागू हुने गरी चामल र धानको निर्यातमा २० प्रतिशत कर बृद्धि गरेको छ । यस्तै, कनिका निर्यातमा भने प्रतिवन्ध लगाइएको छ ।

भारतीय दूतावासमा बीरगञ्ज उद्योग वाणिज्य संघको पत्र

बीरगञ्ज उद्योग वाणिज्य संघले भारतीय दूतावासलाई पत्र लेख्दै चामलको निर्यातमा कर बढाउने निर्णयबाट नेपाली उपभोक्तासँगै उद्योगहरू प्रभावित बन्ने बताएको छ । संघका अध्यक्ष गुप्ताले दूतावासलाई भदौ २४ गते पत्र लेख्दै भारतको पछिल्लो निर्णयबाट सम्पूर्ण खाद्यान्न उत्पादन गर्ने उद्योग प्रभावित बन्ने उल्लेख गरेका हुन् ।

‘भारतले गहुँ निर्यातको सूचीमा नेपाललाई नराखेको सूचना नआउँदै चामल निर्यातमा कर वृद्धि गरेको सूचना आइसकेको छ, यो निर्णयबाट नेपालमा चामलको मूल्य २० प्रतिशतसम्म बढ्ने छ भने तस्करी समेत बढ्ने छ,’ संघले नेपालस्थित भारतीय दूतावासलाई लेखेको पत्रमा उल्लेख छ ।

संघले नेपालमा उत्पादित धानले आन्तरिक माग धान्न नसक्ने भएकाले नै भारतबाट वर्सेनि ठूलो मात्रामा चामलको आयात भइरहेको उल्लेख गरेको छ । यस्तै, भारतबाट आयात हुने कनिकाबाट नेपालमा बियर उत्पादन भइरहेको भन्दै संघले यसको निर्यातमा लगाइएको पूर्ण प्रतिबन्धबाट नेपालका उद्योग प्रभावित हुने भएकोले सो निर्णयमा पुनर्विचारको लागि पहल गरिदिन आग्रह गरिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad