Advertisement
विज्ञापन

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीका बाबु , छोराको मृत्यु



Advertisement
विज्ञापन

अर्घाखाँची । मोटरसाइकल दुर्घटनामा परि अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ ।

दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास बस्ने ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको बुधबार मृत्यु भएको प्रहरीले जनाएको हाे ।


Advertisement
Advertisement
Advertisement

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरमा सवार मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त दुर्घटनाबाट गम्भीर घाइते बाबु र छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

दुर्घटनामा १५ वर्षीय आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर-२ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad